• शुक्रबार-श्रावण-२३-२०८२

‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन


एजेन्सी । ‘अपरेशन सिन्दूर’ले सफलता पाएको भन्दै जम्मूको अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवानहरुले रक्षाबन्धन मनाएका छन् । जवानहरुलाई विद्यार्थीहरूले राखी बाँधेर खुशी साटेका हुन् । 


राष्ट्रको रक्षा गरिरहेका बहादुर सिपाहीहरूको नाडीमा राखी बाँध्दा वातावरण न्यानोपन र भावनाले भरिएको सहभागीहरुले प्रतिक्रिया समेत दिए ।


विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे ।

 

विद्यार्थीहरुको आएर राखी बाँध्दा घर जस्तो महसुस भएको र ‘हामी कहिल्यै एक्लो हुँदैनौं,’ भन्ने महसुुस भएको जवानहरुले प्रतिक्रिया दिएका थिए । 

 

रक्षाबन्धन वा राखी बान्ने कार्यक्रमले भावनालाई सम्मान मात्र नगरी राष्ट्रिय एकताको प्रतीक मानिएको सहभागीहरुले बताए ।

 

सीमामा बाँधिएका राखीहरूले प्रेम र सम्मानका धागोहरूले सबैभन्दा कठिन अग्रपंक्तिहरूलाई पनि बलियो बनाउन सक्छन् भन्ने सम्झना गराएको जवानहरुको भनाइ थियो । 

 

गत मे ७ तारिखमा भारतीय सेनाले पाकिस्तानका सात सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो । 
 

प्रतिकृया दिनुहोस