• आइतबार-श्रावण-२५-२०८२

ट्रकले स्कुटरलाई ठक्कर दिँदा ट्रक चालकसहित दुई जनाको मृ त्यु

 

नवलपुर (नवलपरासी), २५ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

 

नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो 

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 
–––

 

 

प्रतिकृया दिनुहोस