खार्पुनाथबाट ग्याग्रु जाँदै गरेको जिप दुर्घटना, तीन जना घाइते
अदानचुली (हुम्ला), २५ साउन । खार्पुनाथबाट ग्याग्रु जाँदै गरेको बा२०च ७२७९ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ चुवाखोला नजिकैको उकालोमा जिप सडकमा पल्टिएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घाइतेको नाम ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो ।
घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
–––

प्रतिकृया दिनुहोस