• आइतबार-श्रावण-२५-२०८२

फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

 

पथरी । पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ । शनिबार विराटचोकस्थित 'विराट सिनेमा''मा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो ।

 

मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केही उत्कृष्ट एक्सनका दृश्यहरू समेत रहेका छन्, जसलाई दर्शकले मन पराएका छन् । कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन् ।

 

चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्फत लैजाने तयारी रहेको फिल्मका निर्माता तथा निर्देशक अनिश घिमिरेले बताए ।

 

 

प्रतिकृया दिनुहोस