• बिहीबार-भदौ-१२-२०८२

वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए, संक्रमितको संख्या पाँच सय २८ पुग्यो

 

वीरगन्ज । वीरगन्जमा बुधबार एकैदिन एक सय ६ जना नयाँ हैजा संक्रमित थपिएका छन् । यससँगै जिल्लामा दर्ता भएका संक्रमितको संख्या पाँच सय २८ पुगेको छ ।

 

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उपचाररतमध्ये ३५ जना आईसीयू, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन् ।

 

नारायणी अस्पतालमा १ सय ५८, वीरगन्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४÷४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ ।

 

वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान पनि सञ्चालन गरेको छ ।
 

 

(तस्बिरमा वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत झाडापखाला र हैजाबाट प्रभावित बिरामी र कुरुवा बसेका आफन्त । तस्बिर : हिमाल लम्साल/रासस)

प्रतिकृया दिनुहोस