• सोमबार-भदौ-१६-२०८२

बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

 

काठमाडौं । सरकारले बैंक नोट बाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । 

 

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् । 

 

आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखि बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरौँ । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो बर्षदेखि बन्द गरेका छौ, गएको बर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन वेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’

 

उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामग्री केन्द्रलाई छाप्न दिएको बताए । ‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने । 


बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताए । 

 

‘परराष्ट्रमन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो । त्यो हामीलाई ६ महिला अगाडि नै जानकारी गराउनुपर्छ । हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्टहरु छाप्नको लागि सुरक्षण मुद्रण ऐन अनुसार सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने । 
 

 

प्रतिकृया दिनुहोस