• बिहीबार-भदौ-१९-२०८२

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

 

थियानजिन (चीन), १६ भदौ : साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ ।

 

उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । ---

 

 

प्रतिकृया दिनुहोस