• बुधबार-भदौ-२५-२०८२

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित


काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।


संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भएपनि नगद वा प्रणालीलाई असर पुगेको छैन । उनले भने, ‘शाखाहरुमा तोडफोड र आगजनीका कारण भौतिक क्षति भएको छ, तर सर्भर र भल्ट सुरक्षित छन् । बैंकिङ सिस्टमलाई असर परेको छैन ।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाले डेटा सर्भर तीन ठाउँमा ब्याकअप राख्ने भएकाले प्रणालीमा ठूला समस्या आउन सक्ने सम्भावना कम छ ।


मंगलबार साँझ राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोडको प्रयास भए पनि संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिएकाले नगद सुरक्षित रहेको छ । यस्तै, प्रदर्शनकारीले आगजनी गरेका भाटभटेनी स्टोर्सलगायतका स्थानमा रहेका केही एटिएममा क्षति पुगेको बैंकर्स संघले जनाएको छ ।


संघका अनुसार हालसम्मको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको छ ।
 

 

प्रतिकृया दिनुहोस