काठमाडौँ, २५ भदौ । देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकाय परिचालनसँगै विभिन्न स्थानमा गरिएको अभियानमा लुटपाट र फरार कैदी नियन्त्रणमा लिन उल्लेख्य सफलता प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ।
सुरक्षा निकायका अनुसार, आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षाकर्मी देखेपछि छाडेर भागेको नेपाली दुई लाख ३२ हजार पाँच सय रुपैयाँ र अमेरिकी डलर २५०० बरामद गरिएको छ ।
यसै क्रममा सुरक्षाकर्मीबाट लुटिएका थप एक नाल हतियारसहित हालसम्म जम्मा ३२ नाल हतियार फेला परेको छ ।
यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ कैदीलाई नियन्त्रणमा लिइएको छ भने काठमाडौँको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीलाई रोक्न सफल भएको सेनाले जनाएको छ ।
प्रतिकृया दिनुहोस