• मंगलबार-असोज-२१-२०८२

बाढीले पाइप बगाएपछि ५०० परिवार खानेपानीबाट बञ्चित

लखन्देही खोलामा आएको बाढीले हुलाकी सडकमा पुर्‍याएको क्षति


बरहथवा (सर्लाही), २० असोज । अविरल वर्षापछिको बाढीले खानेपानीको पाइप बगाएपछि यहाँको लालबन्दीमा ५०० परिवार खानेपानी सुविधाबाट बञ्चित भएका छन् । 

 

लालबन्दी नगरपालिका–१५, कालिञ्जोर खोलाले पाइप बगाएको हो । सोही वडाअन्तर्गत खोलाको ड्याममाथि निर्माण गरिएको रिजर्भ ट्याङ्कीबाट खोला किनार हुँदै लालबन्दी–१५, चिसापानी क्षेत्र र १६ परवानीपुर क्षेत्रमा खानेपानी पु¥याइएको थियो । खोलाले दुवैतर्फको पाइपलाइनमा क्षति गरेको वडाध्यक्ष गोरख बलले जानकारी दिनुभयो ।

 

हाल चिसापानी, परवानीपुरलगायत क्षेत्रका ५०० परिवारले एक घण्टा समय लगाएर ठडेगैरी पँधेराबाट पानी ल्याउन बाध्य हुनुपरेको स्थानीय सानो बाबु कार्कीले बताउनुभयो । उमेरले ६७ वर्ष पुग्नुभएका कार्कीले घरमा तन्नेरी कोही नहुँदा आफूले निकै कष्ट बेहोर्नु परिरहेको गुनासो गर्नुभयो । घरमा धारा जोडेको हप्ता दिन नहुँदै बाढीले पाइपलाई बगाएको हो । बाढीले लगभग १०० मिटर पाइपमा क्षति पुगेको वडाध्यक्ष बलले जानकारी दिनुभयो । 

 

यसअघि बेमौसमी वर्षापछि हरिवन खोलामा बाढीले बागमती नगरपालिका–१, मा रहेको बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानीको मुख्य पाइप लाइनमा क्षति पु¥याएको थियो । एक सय ५० मिटर पाइप खोलाले बगाएपछि नगरपालिका–२ र ३ का १३ सय ५० घरधुरी खानेपानीबाट वञ्चित भएका थिए । पाइप बगाएको ठाउँमा मर्मतको काम भइरहेको संस्थाका अध्यक्ष वसन्त भट्टराईले जानकारी दिनुभयो । 
---

तस्बिर : सिङ्घबहादुर थापा/रासस

प्रतिकृया दिनुहोस