काठमाडौँ, २० असोज : हालैको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका वडा नं १ र ११ को सिमानास्थित फेमे खोलामा पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ ।
बाढीले फिदिम–फालाटे सडक खण्डमा रहेको ह्युमपाइप तथा डाइभर्सन बगाएकाले सेनाको श्री वीरदल गणबाट खट्टिएको टोलीले अस्थायी पुल निर्माण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले हालसम्म झापा, मोरङ, सप्तरी, सर्लाही, सिराहा, महोत्तरी, इलाम, उदयपुर, चितवन, रसुवा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी १५ जिल्लामा बाढी तथा डुबानमा फसेका एक हजार ३१३ जनाको सकुशल उद्धार गरेको पनि जनाएको छ । २४ जनाको हवाई उद्धार गरिएको निर्देशनालयले जनाएको छ ।
---
प्रतिकृया दिनुहोस