• बिहीबार-बैशाख-२७-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

मुलुकसित उधारो माग्नेहरुको लर्को शुरु भएको छ ।
सबको आफ्नो हिसाब छ, सबको आफ्नो बहिखाता ।
जतिखेर लुटिन बाँकी क्यै रहन्न
जब बलात्कृत हुन कुनै अङ्ग पनि शेष रहन्न
र, जब बेचिन क्यै थोक पनि रहन्न ।
मुलुकमा उधारो माग्नेहरु नै लर्कोमा सामेल हुने हुन । 
यतिखेर,
घटनाहरु एकसे एक काला जादुमा खिरिलो हुँदै गा’का छन ।
अनिश्चय, अप्रत्यासित र अनिर्णयहरु बीचमा
मुलुक स्वयम् आफ्नो पहिचानमा मुर्मु¥याउनु पर्ने भएको छ ।
आधाआधी मानिस दोहोरो अनुहारमा मुलुक धानिराख्या छन ।
उमेरको यो साँधमा आएर पत्तो लाग्छ 
बाउ त जन्मजात बाँझो रहेछन भनेर ।
आमासित आफ्नो अनुहारको हिसाब माग्ने हिम्मत छैन । 
आधाआधीबाट  जति उब्रेर बाँकी छन, ती भिसा कुरेर बस्या छन ।
आधी खुट्टा भुँइमा, आधी भुँई माथि ।
जोसित केही छैन
ती सीमान्त छन, अनुहारविहीन र बेबारिसे ।
तिनलाई मुलुकको संघीय प्रणालीको कुनै संरचनाले चिन्दैन ।
ती मात्र हुन, गणतन्त्रका सरकारी मानिस ।
जो कागजमा कृषि अनुदान मात्रै खान्नन्
कागज मै विधवा भत्ता पनि खान्छन् र वृद्ध भत्ता पनि ।
विश्वविद्यालयको अनुदानमा प्राध्यापक पनि ती छन
र, शिक्षा अनुदानका स्कुलका शिक्षक पनि ।
यस्तोमा मुलुकको ऐन नियमले चिन्छ भनेर
कसैले पनि आतसबाजी नगर्दा राम्रो
कसैले रत्यौली नखेल्दा नै राम्रो ।
यो मुलुकमा हाम्रा भाग्यहरु हाम्रा कर्मले लेखिने नै होइनन्, अब ।
र, हाम्रा कर्महरु हाम्रा परिश्रमहरुबाट निस्किने पनि होइन ।
मुलुकमा मुलुकले नचिन्नेहरुको भिडले शासित छन, सबै ।
अदृश्य र कल्पित माफियाहरुबाट । 
रमाइलो त कतिसम्म भयो भने
प्रेम आचार्यको आत्मदाहको सिर्कनोमा परेका बुद्धिजीवी
कसैलाई पनि दुखेन बझाङ्ग र बाजुराको भूकम्प । 
सबलाई प्रेम आचार्यको मृत्यु दुख्यो ।
उनको मुलुकसित जोडिएको भाग्य दुख्यो । 
तर, कसैलाई भूकम्पमा अलपत्र परेकाहरुको पीडा दुखेन ।
एक बोरा चामल र एक थान त्रिपाल पु¥याउन कोइ गएनन् ।
कुनै राज्य संयत्र दोटा ब्यान्डेज र पेन किलर लिएर पुगेन ।
संघीय मुलुकमा हुनुको तिनको पीडा कसैलाई दुखेन ।
सबका सबलाई नागरिकता ऐनको नागरिक हुनु थियो ।
आजको दिनमा,
बझाङ्ग र बाजुराका भूकम्प पीडित 
मुलुकको संघीय गणतन्त्रका स्तम्भ भएका छन ।
शासकीय संरचना झल्काउने स्तम्भ ।
भन्नु परोइन,
मुलुकसित एक थान गणतन्त्र संबिधान छ
र, त्यो संविधानले चिन्ने एक हुल सर्वसंचिति खाने भतुवा जमात ।
अब यो मुलुकमा कोइ निस्सा खोजिबस्छ भने
म त भन्छु,
नेपाली हुनु भनेको उधारो जिन्दगी बाँच्नु हो ।
गाउँबस्तीहरुका देवी थानहरुमा किरिया खाएर गएकाहरु
खोल्सीको पानीमा औंला चोपेर बाचा गरेकाहरु
र, तगारोमा रुमाल बाँधेर बिर्सेकाहरु
सबका सबले उधारो माग्न आउनु पर्ने भएको छ, मुलुक ।
भो, आतसबाजी नगरौं होला
वीरेन्द्रको देहाबसानमा कपाल खौरिनेहरुको लस्कर देखेकै हो ।
गणतन्त्र ल्याउन रुखका हाँगा बाकेर हिंड्नेहरुको लर्को पनि देखेकै हो ।
मुलुक कसैले नचिन्नेहरुबाट शासित जमातहरुको हो ।
तपाईको हो भन्नेसम्म तपाईलाई थाहा नभएको मुलुक हो
यो मुलुक, नेपाल ।

 

प्रतिकृया दिनुहोस