• शुक्रबार-चैत-१६-२०८०

फ्रोजन फुडले निम्त्याउन सक्ने समस्या

 

फ्रोजन फुडमा पोषकतत्वको मात्रा निकै कम हुने गर्दछ, जसकारण शरीरमा विभिन्न समस्या सिर्जना हुने गर्दछ । जानौं फ्रोजन फुडको सेवनबाट स्वास्थ्यमा सिर्जना हुने केही समस्याहरु :


–फ्रोजन फुडमा पोषकतत्वको कमी हुने गर्दछ । यसको नियमित सेवन र यसैमा आश्रित हुँदा कुपोषण, शरीरमा थकान र कमजोरी हुने समस्या हुन्छ । 


–फ्रोजन फुड निर्माण गर्दा सोडियमको मात्रा धेरै प्रयोग भएको हुन्छ । त्यसैकारण यसको अधिक सेवनले शरीरमा सोडियमको मात्रा बढ्न जाने र यसले रक्तचापको समस्या सिर्जना गर्न सक्दछ । 


–फ्रोजन फुड्सको सेवन मासंपेशीका लागि बेफाइदायुक्त हुन्छ । यस्ता भोजनमा क्यालोरी निकै कम हुने गर्दछ जसकारण मासंपेशीको निर्माण र विकासमा समस्या सिर्जना हुन्छ । 


–फ्रोजन फुड्सको नियमित सेवनले मोटोपनको सम्भावना पनि बढ्दछ । अन्य खाद्यपदार्थकोभन्दा तुलनात्मक रुपमा बढी कार्बाेहाइड्रेट्स फ्रोजन फुडमा हुने गर्दछ, जसले मोटोपन निम्त्याउँछ । 


– यसमा ट्रान्सफ्याटको मात्रा बढी हुने गर्दछ, जसले हृदयसँग जोडिएका नसाहरुमा रक्तप्रवाहमा रोकावट ल्याउने काम गर्दछ । रक्तप्रवाहमा रोकावट ल्याउँदा हृदयसँग सम्बन्धित समस्याको खतरा बढ्न जान्छ । साथसाथै यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउन सक्दछ । 


– फ्रोजन फुड्सले मधुमेहको खतरा पनि बढाउने गर्दछ । यस्ता भोजनमा चिनीको उपयोग बढी हुने गर्दछ जसले स्वादलाई कायम राखोस् ।

 

त्यसैले फ्रोजन फुड्सलाई सकेसम्म आफ्नो भोजनबाट टाढै राख्न जरुरी हुन्छ ।  (एजेन्सी)
 

प्रतिकृया दिनुहोस