यो पत्र लेख्नाको कारण यो छ कि नेपाली सेना जस्तो गरिमामय इतिहास बोकेको पवित्र संस्थामा भ्रष्टहरुलाई अनेक बहाना वनाई संरक्षण दिन सेनाकै नेतृत्व लागी पर्छन् भने यो देशमा अरुको के भरोसा ? हामीले पटक पटक आवश्यक कार्वाही गरि पाउँ भनी नेपाली सेनाको इन्जिनियर विभागका प्रमुख नेपालको गौरवमय आयोजना तराई मधेस द्रुत मार्गका आयोजना प्रमुख समेत रहेको छन् प्रा.उ.र. कमल विक्रम शाह ।
हामी तल्लो दर्जालाई मान्छे समेत नगन्ने प्रा. उ.र. कमल विक्रम शाहा तानाशाह स्वभावका यिनी केन्द्रीय एम.इएस.का कार्यालय प्रमुख प्रा. म. से हुँदा देखि पटकपटक स्थपति निर्देशनालयको निर्देशक हुँदा समेत यिनका चाकडी गरेको भरमा प्रा. सेनानी नितेस अमात्य, प्रा. सु. राम प्रसाद भण्डारीले ठेकेदारसंग मिलोमतो गरी इ.जि.पी. टेण्डर गर्नुपर्ने १(एक) करोड बराबरको फर्निचर खरिद गर्दा १० वटा टुक्रापारी कोटेशनमार्फत गर्दा आर्थिक नियम विपरीत कार्य गर्दा समेत पटकपटक रिपोर्ट गर्दा कुनै कार्यवाही नभएको इञ्जीनियर विभागमा तानाशाही शैलीमा आफ्नो चाकडी गर्न अधिकृत, पदिकलाई च्याप्ने अरुलाई सरुवा गरी खेद्ने सुवेदारसम्मकालाई मान्छे नगन्ने सिनियर सुवेदारहरुलाई उपत्यका बाहिर लखेट्ने प्रा.सु. राजन गिरी जस्ता यिनको चाकडी गर्न पुग्ने सुवेदारलाई केन्द्रीय एम. इ. एस. मा काजमा राखिरहेका छन् ।
के नेपाली सेनाका सक्कल दर्जा देश र जनताको सेवा गर्न भनेर गरिएको हो वा यिनको व्यक्तिगत चाकडी गर्न भर्ना गरेको हो ? गत वर्ष गरिएको सरुवामा समेत पैसा उठाउने सेनानी युवराज थापालाई चाहिं किन कार्यवाही नगरेको ? त्यस्तै यिनका चाकडीको भरमा टिकेका हाल केन्द्रीय एम.इ.एसका कार्यालय प्रमुख प्रा.म. से. धर्मेन्द्र कुमार झा २५ वर्ष सम्म विकास निर्माणमा बाटो काज खटिएर अतिरिक्त आम्दानी जम्मा गरी तराई मधेश द्रुत मार्गमा ठूलो रकम चलखेल गरी छानबिनमा समेत पूर्ण चन्द्र थापा चिफ सा’बको पालामा अनुसन्धानको दायरामा आएका पटकपटक भ्रष्टाचारमा मुछिएका यिनै चाकडी बाज म.से. धर्मेन्द्र झालाई फेरि किन बाटोकाज ?
यिनलाई तराई मधेश द्ु्रतमार्गमा खटाएर प्रा.उ.र. कमल विक्रम शाह साधुलाई सुली चोरलाई चौतारो बनाइरहेका छन् । प्र.म. से. धर्मेन्द्र कुमार झाले सेनामा रहेर कमाएका सम्पत्ति आफ्नो बुबा रमण झाको नाममा पास गर्ने र पछि आफ्नो नाममा बकस पत्र पास गर्ने अनि पुख्र्यौली सम्पत्ति भनी, अंश बन्डाबाट आएको भनी पास गर्ने के यिनका बुवा रमण झा एउटा सरकारी विद्यालयका पढाउने शिक्षकले कसरी ठाउँठाउँमा जग्गा खरिद गरे ? यो त एउटा नाटक मात्र हो ?
नेपाली सेनाले तथ्यसत्य छानबिन गरे सबै खुलस्त हुनेछ । यिनले गत वर्ष ८ करोड लगाएर छोरीको विवाह गरे, ज्वाइँलाई गाडी उपहार दिए, यत्रो रकम कहाँबाट ल्याए ? स्रोत के हो ? यो सबै भ्रष्टाचार गरेको रकम होइन ? यस्तै यी प्रा.म.से. धर्मेन्द्र कुमार झाले केन्द्रीय एम. इ. एसका पनि दुई वर्ष कार्यालयमा पनि प्रा. सेनानी सुरज कुमार श्रेष्ठसंग मिलोमतो गरी सरकारी रकम व्यापक हिनामिना गरेको हामीले देखेका छौं । केन्द्रीय एम.ई.एस.का कार्यालय प्रमुख धर्मेन्द्र कुमार झाले सेनाको नियमविपरीत आफ्नो घरमा दैनिक ६÷७ जना जवानलाई घरको निजी काममा खटाउछ्न र प्रा सेनानी सुरज कुमार श्रेष्ठ र कार्य जम केसर बहादुर बुढथोकी हाकिमको घर घरमा ट्रेड म्यानहरु खटाई चाकडी गर्ने गर्दछन् ।
ट्रेड सिनियर प्राविधिक सुवेदारहरुले बाहिर ठेक्का पट्टा लिएर हामी तालिमे टोलीलाई खटाउछ्न् । के नेपाली सेनामा भर्ना गरिएकाहरु यिनीहरुको आदेशमा हाकिमको घरमा चाकडी गर्न गरिएको हो ? बाहिर निजी कामको ठेक्का लिई काम गर्न श्रमिक बनाउन भर्ना गरिएको हो ? जवानको रासनबाट जम्मा गरिएको युनिट कल्याणकारी फण्डबाट गत बर्षको बार्षिक उत्सवमा फर्जी बिल मिलाई १० लाख खर्चगरि २÷२ पटक हेडक्वाटर तिरका अधिकृत बोलाई भोज गर्ने राति रक्सी सहित पार्टीगर्ने जवानहरुलाई चाहि दिउँसो १ घन्टामा खाना खुवाएर लखेट्ने डिजर्टमा दही पनि नहुने ?
के सी सु पदमलाल भण्डारी किन बोल्दैनन् अनि जवानलाई चाहिं लाईन लाईनमा बोर्डको बुकमा दस्तखत गर्न लगाउने बोर्डको निर्णय एउटा कोठामा बसेर लेख्न लगाउने ? हाम्रो नपत्याए केन्द्रीय एम.ई.एसको प्राबिधिक अमल्दार धन कुमारी अधिकारीलाई सोधपुछ गर्दा हुन्छ । अधिकृतहरुको पार्टीमा खाएको रक्सीको बिल फर्जी बनाई जवानको रासनबाट जम्मा भएको रकम के यिनीहरुको निजी कोष हो ? र सेना दिवस शिवरात्री होस् या घोडेजात्राका होस् अनेक मर्मत विभिन्न ठेकेदारमार्फत कमिशन लिने र आफू अनुकूलको ठेकेदारलाई काम दिने नियुक्ति भएपछि उपत्यका नछोडेका ओभरसियर प्रा. सु. नविन यादब जस्तालाई स्टिमेट पनि बनाउन लगाउने । कार्यसम्पन्न गरेको कागज पनि बनाउन लगाउने ठेकेदारसंग कमिसन उठाएको भरमा प्रा. सेनानी सुरज कुमार श्रेष्ठ ओ.प्रा. सु. नविन कुमार यादव अहिलेसम्म उपत्यका छोडेका छैनन् किन ?
यस्तै पटकपटक विवादमा मुछीएका इलेक्ट्रसियन प्रा. सु. राजन गिरी जस्तालाई सर्वेसर्वा बनाइ राखेकाछन्, ६ वर्षसम्म प्रवन्ध बिल्लादार भई कार्य गरी २ महिना मात्र अगाडि प्रवन्ध बिल्लादार प्रा.अम. किरण शाही कार्यरत रहँदा राशनको आम्दानी मासिक २ लाख या सो भन्दा तल हुने अर्को प्रा. हु.ले बुझेको महिनाबाट आम्दानी ५–६लाख हुने के हो यो ? नेपाली सेनाले भोकेशनल तालिम सेन्टर भनी विभिन्न सि.टि.भि.टि का तालिम खोल्ने र आउटमा छाडेर राशन फाइदा गर्न सञ्चालन गरेको तालिम हो ? किन रासनको बारेमा छानबिन हुन्न ?
जवानको रासनको पैसाले हाकिमहरुले भोजभतेरो मात्र खाने हो ? यस्ता भ्रष्टहरुलाई पटकपटक रिपोर्ट गर्दा पनि किन छानबिन र कारवाही हँुदैन ? छानबिन टोली गठन हुन्छ छानबिन गरेको जस्तो मात्र गर्न भ्रष्टहरुलाई जोगाउने किन यिनीहरुलाई निलबिम्त गरी कार्यवाही नगरेको ? नेपाली सेना जस्तो गरिमामय इतिहास बोकेको संस्थाले यस्ता भ्रष्टाचारीलाई जोगाई सेनाको इज्जत रहँदै र बलियो पनि हुँदैन, किन कार्यवाही नभएको चिफ सा’ब ?
कस्ता व्यक्ति छानबिन समितिका अध्यक्ष, सदस्य होलान् । अब यिनीहरुको नेतृत्वको समेत प्रश्न चिन्ह उठ्ने बेला भयो ? बेलैमा नेपाली सेनाका यस्ता भ्रष्टचारको आरोप लागेकाहरु उपर तत्कालै सत्यतथ्य छानबिन गरी कार्यवाही होस् । सम्वन्धित निकायको बेलैमा ध्यान जाहोस् । यस्तो गरिमामय इतिहास बोकेको पवित्र संस्था राष्ट्रको बलियो संस्था भित्र भ्रष्टाचारी मौलाउदा कार्यवाही नहुने के छ यो भित्र खेल चिफ सा’ब ? एक पटक चिफ सा’ब प्रभुराम शर्माको ध्यान केन्द्रित होस् भनेर अनुरोध गर्दछौं ? नेपाली सेनाका यस्ता व्यक्ति उपर छानबिन गरी कार्यवाही होस् हामीले पटकपटक निवेदन गर्दा समेत कार्यवाही किन नभएको हो चिफ सा’ब ?
–भवदीय, केन्द्रीय एम.इ.एसका पीडितहरु, नेपाली सेना (साँघु साप्ताहिक, २०८० असोज १)
प्रतिकृया दिनुहोस