• शनिबार-श्रावण-१२-२०८१

जेएनले ताके राष्ट्रियसभा 

 

काठमाडौं । एकीकृत  समाजवादी (एस) का नेता झलनाथ खनालले राष्ट्रियसभामा छिर्ने प्रयास गर्न थालेका छन् । २०८० फागुन २० गते २० जना सांसदको  कार्यकाल सकिँदैछ । त्यही कोटामा खनाल छिर्न खोजेको चर्चा एकीकृत समाजवादीमा हुन थालेको छ । अहिले  एकीकृत समाजवादीले कतिवटा सीट पाउँछ  भन्ने प्रष्ट भएको छैन । 


तर, खनालले भने रुची राख्न थालेका छन्  । प्रतिनिधिसभामा आउन चाहेका खनाललाई तत्काल उक्त सम्भावना नभएपछि  खनालले राष्ट्रियसभामा नजर लगाएका हुन् । एसका सांसद  खिमलाल  देवकोटाको कार्यकाल सकिँदैछ । उनको पदमा जान सकिने खनालले प्रयास रहेको देखिन्छ । खनाललाई राष्ट्रियसभामा लैजाने  आश्वासन दिएकै कारण माधव नेपालसँग खनालले पछिल्ला दिनमा झगडा गर्न छोडेको पनि बताइन्छ । 


  पार्टीभित्र दुई लाइन संघर्ष चलिरहेकोमा राष्ट्रियसभामा खनालको नजर लगाउँदा आउँदो महाधिवेशनमा अध्यक्षका लागि माधव नेपाललाई सहज हुने पनि विश्लेषण  भइरहेको छ । माधव नेपाल र झलनाथ  खनालवीच सम्बन्ध सुमधुर नभएकै कारण महाधिवेशनको  समय सरेको छ ।  महाधिवेशनकै अलमलमा परेका बेला खनालले पार्टी सत्तामा आउन नसक्ने भएका कारण राज्यसत्तामा जान सकिने सम्भावना देखेको पनि चर्चा भइरहेको छ । (साँघु साप्ताहिक, २०८० मंसिर १८)

प्रतिकृया दिनुहोस