• सोमबार-जेठ-१४-२०८१

सादा जीवनका धनी–प्रेरणदायी गोपाल दाइ...

५६ वर्ष अघिको पत्रकारिता बारे गोपाल दास श्रेष्ठ लेख्नु हुन्छ-

मैले पत्रकारिता क्षेत्रमा एक मात्र धरोहर मान्ने गरेका सम्माननीय, आदरणीय व्यक्तित्व स्व. गोपालदास श्रेष्ठ । उहाँलाई व्यवासायिक रुपमा चिनेको जानेको, बुझेको र उहाँसँगको संगतले थाहा पाएको मुख्य कुरा चाहिं ‘गोपाल दाइ’ले प्रजातन्त्रको स्थापना र स्वतन्त्र, व्यवसायिक पत्रकारिताका लागि जीवनभर संघर्ष गरेर योगदान पु¥याउनु भएको छ भन्ने मेरो ठम्याइ हो ।

 

सत्ता, सरकार वा कसैको प्रभावमा नपरी  भन्दा पनि सत्तासँग संघर्ष गरेर नै नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकास र विस्तारका साथै व्यवसायिक पत्रकारिताका लागि ऐतिहासिक र अविस्मरणीय योगदान पु¥याउनु भएको कुराको तथ्य हजारौं हजार पत्रकार जन्माउने नेपाल प्रेस इन्स्टिच्यूटको स्थापना र प्रेस काउन्सिल नेपालको संस्थागत सुधारका लागि उहाँले खेलेको भूमिकाको अध्ययन गर्दा नै स्पष्ट हुन्छ ।


  मानवको मौलिक हक, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रका लागि समाज–व्यवस्थाको उत्खनन् गरेर निडरताका साथ स्वस्थ, स्वच्छ, स्वतन्त्रतापूर्वक अंग्रेजी र नेपाली भाषामा ४२ वर्ष निरन्तर पत्रकारिता गरेर ६८ वर्षको अल्पायुमै नेपाली पत्रकारितालाई टुहुरो बनाएर भौतिकरुपमा  गोपालदास श्रेष्ठ(हामी पत्रकारका लागि गोपाल दाइ/दाजु)ले २०५५ सालमा संसार त्याग्नु भयो । सन् २०३० मे २१ मा कलकत्तामा जन्मिनु भएका गोपालदास श्रेष्ठ काठमाडौंको नक्सालस्थित मेडी केयर अस्पताल(हाल तरकारी बजार)मा रातको समयमा उहाँको निधन भएको खबर हामीले उहाँका अति निकट मित्र, सहकर्मी जयेन्द्र थपलियाबाट थाहा पाएका थियौं ।  

 

समीक्षा साप्ताहिकका सम्पादक आदरणीय माड्सा’ब मदनमणि दीक्षित त २०५१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदा समेत लामो समयसम्म साँघु साप्ताहिकको नियमित स्तम्भकार हुनुहुन्थ्यो । तर, दुःखको माड्सा’बसँग त्यत्ति निकट भएर घुलमिल हुने अवसर जुरेन, जति गोपाल दाइसँग निकट भएर उहाँको संगत गर्ने अवसर जु¥यो ।


   म कुनै पत्रकारिता नपढेको परेर सिकेको, जानेको र ओखलढुंगा जस्तो विकट दुर्गम जिल्लाको गाउँमा जन्मेर काठमाडौं आएको एउटा युवा पत्रकारका लागि गोपाल दाइले २०३९ सालदेखि २०५४/०५५ सालसम्म भेटघाट र छलफलमा दिनु भएको अमूल्य शिक्षा, सुझाव सल्लाह उहाँ बितेको आज २५ वर्ष पुग्दा पनि मेरो मानसपटमा घुमिरहेका छन् । म पत्रकारितामा लागेको डेढ दसकको समयमा गोपाल दाइसँग पछि पछि निरन्तर लाग्दा उहाँले पत्रकार र पत्रकारिताका लागि दिएको अनौपचारिक शिक्षा, सल्लाह र सुझावको पनि कुन पक्षलाई स्मरण गरेर यहाँ प्रस्तुत गरौं भन्ने  अलमलमा म परेको छु ।

 

तर, युवा पत्रकार, कवि, प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलबासेबाट गोपाल दाइसँगको मेरो संगत–संस्मरण(विक्रम सम्बत २०३९ सालदेखि २०५५ सालसम्म)को लेख्ने जिम्मा पाएको हुँ । तैपनि गोपाल दाइको बारेमा के लेखौं–लेखाैं अलमल मै परिरहें । अनि जे बुझेको थिएँ, सतही रुपमा भए पनि त्यही लेख्ने हिम्मत गरें । पत्रकारिता क्षेत्रका बहुआयामिक बौद्धिक व्यक्तित्वका धनी गोपाल दाइको व्यक्तिगत र पत्रकारिता जीवन अध्ययन गर्नु भनेको मेरा लागि त महासागर हो । गोपाल दाइले मेरो व्यवसायिक र व्यक्तिगत जीवनमा प्रभाव परेको एउटा प्रमुख पक्ष भनेको उहाँको सादा जीवन–उच्च विचार हो ।


 काठमाडौंको नरदेवीस्थित उहाँको निवास र ऐतिहासिक(त्यस बखत देश–विदेशमा समेत चर्चित)  अंग्रेजी दैनिक पत्रिका ‘दी कमनर’को कार्यालय एउटै घरमा रहेको थियो । निजी क्षेत्रबाट प्रकाशन हुने ‘दी कमनर’ नेपाल(काठमाडौं) मा रहेका विदेशी नियोगमा कार्यरत र नेपालको राजनीति, आर्थिक, सामाजिक पक्षका बारेमा जिज्ञासा राख्ने कूटनीतिज्ञहरु र अन्तर्राष्ट्रिय क्षेत्रका लागि गोपाल दाइ सम्पादक/प्रकाशक रहेको अंग्रेजी दैनिक ‘दी कमनर’ले देशकै सूचना र संचारका लागि सेतुको काम समेत गरेर योगदान पु¥याएको थियो ।

 

यसको नियमित प्रकाशनका लागि गोपाल दाइ दैनिक लगभग १८ घण्टा काममा खट्नु हुन्छ जस्तो मलाई अनुभूति हुन्थ्यो । किन भने उहँ“को कार्यालयमा उहा“का समकालीनलगायत हामी ठिटा पत्रकारहरु विहान पुग्दा पनि टाइपराइटरमा टाइप गरिहेकै भेट्थ्यौं, देख्थ्यौं । दिउ“सो वा बेलुका जुन बेलामा पनि गोपाल दाइ काममै खटिइरहेको पाउ“थ्यौं ।


पे्ररणादायी गोपाल दाइ !


  गोपाल दाइ, ‘दी कमनर’ दैनिकको काममा निरन्तर खट्ने कुरा एउटा पाटो भयो । उहँ“को अर्को स्मरणीय र प्रेरणादायी पाटो भनेको नेपाली पत्रकारिताको संस्थागत विकासका लागि त्यसबखत संघर्षरत रहेका आम पत्रकारका माझ फिल्डमै उपस्थित भएर प्रेरणा प्रदान गर्ने, उर्जावान हुन ढाढस दिएका दिन र ती क्षणहरु त झन स्मरण गरिसाध्य नहुने रहेका छन् ।

 

हाल जुन नेपाल पत्रकार महासंघ बनेको छ, त्यसको विजारोपण २०४३ सालमा भएको हो । त्यसबखत प्रजातन्त्र पक्षधर पत्रकार र पञ्चायती व्यवस्थाका समर्थक(जसलाई बोलीचालीको भाषामा दरवारिया पत्रकार भनिन्थ्यो) पत्रकार बिच ठुलो द्वन्द्व चलेको थियो । प्रजातन्त्रको पुनस्र्थापना र प्रेस स्वतन्त्रता लागि संघर्षरत पत्रकारहरुको २०४३ सालमा भएको गरिखाने पत्रकारहरु भेला नै हालको नेपाल पत्रकार महासंघको उपज हो ।

 

त्यसबखत  नेपाल पत्रकार संघ विभाजित हु“दा गोपाल दाइले मौलिक हक, वाक स्वतन्त्रता र प्रजातन्त्र पुनस्र्थापनका साथै स्वतन्त्र, स्वस्थ पत्रकारिता गर्न चाहने गरिखाने पत्रकारहरुको संघर्षमा साथ दिएर खेलेको ऐतिहासिक भूमिका पत्रकार क्षेत्रले स्मरण नगरी रहन सक्छ र ?   


 सादा जीवनका धनी गोपाल दाइ


२०५२ साल अघि गोपाल दाइको साथमा मैले लामो यात्रा गर्ने मौका भनौ या अवसर मैले पाएको थिइन् । २०५२ वैशाख १५ गते त्यो अवसर पनि जुट्यो । नेपाल पत्रकार महासंघको १६औं महाधिवेशन झापा जिल्लाको कलबलगुडीमा २०५२ वैशाख १६ गतेका लागि आयोजना गरिएको थियो । म नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाको उपसभापति रहेको थिएँ । काठमाडौंबाट झापा महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि हामीले साझा यातायातको बसको व्यवस्था गरेका थियौं । त्यसबखत काठमाडौंको सभापति अशोक श्रेष्ठ हुनुहुन्थ्यो । प्रायोजक खोज्न सक्ने र फुर्तीफार्ती गर्ने महाधिवेशन प्रतिनिधिहरु हवाई जहाजबाट कोही झापा पुगिसकेका थिए । कोही जा“दै थिए ।


हामी सोझासिधा गरिखाने पत्रकारहरु भने साझा यातायातको बसमा झापा जाने तयारी ग¥यौं । आदरणीय गोपाल दाइ पनि हामी ठिटाहरुको साथमा झापा जाने हुनु भयो । काठमाडौंदेखि झापासम्म हवाई जहाजको यात्रा गर्न नसक्ने अवस्थामा गोपाल दाइ हुनुहुन्नथ्यो । तर, उहाँ हामीसँगै कम्तीमा १५ घण्टाको झापासम्मको लामो र कष्ठकर साझा बसको यात्रामा निस्किनु भयो ।


घुलमिल हुन चाहने स्वभाव
 मिलनसार गोपाल दाइ


  बाटोमा हामीले जे खाना खायौं, त्यही खाना गोपाल दाइ पनि रमाएर खानु भयो । बाटोभरी पत्रकारिता क्षेत्रका उहा“का अनुभव र तितामिठा घटनाहरु पनि सुन्ने अवसर हामीले पायौं । सबै उमेर समूहका पत्रकारहरुस“ग घुलमिल हुने स्वभाव र गोपाल दाइको सादा जीवन उच्च विचारले मेरो पत्रकारिताको व्यवसाय र व्यक्तिगत जीवनमा ठुलो प्रभाव पारेको छ । उहा“का समकालीनहरु धेरैस“ग मेरो चिनजान र भेटघाट हुने गरेको थियो ।

 

समीक्षा साप्ताहिकका सम्पादक आदरणीय माड्सा’ब मदनमणि दीक्षित त २०५१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदा समेत लामो समयसम्म साँघु साप्ताहिकको नियमित स्तम्भकार हुनुहुन्थ्यो । तर, दुःखको माड्सा’बसँग त्यत्ति निकट भएर घुलमिल हुने अवसर जुरेन, जति गोपाल दाइसँग निकट भएर उहाँको संगत गर्ने अवसर जु¥यो ।


 अब केही सन्दर्भहरु, आदरणीय स्व. गोपाल दास श्रेष्ठले नेपालको समग्र पत्रकारिताका बारेमा राखेका दृष्टिकोणहरु बारे ५६ वर्ष अघि विक्रम सम्बत २०२४ साल पुस ६ गते प्रस्तुत गरेको एउटा महत्वपूृर्ण कार्यपत्रको विशेष बु“दाहरु यहा“ प्रस्तुत गर्दैछ् ।       


 नेपालको पत्रकारिता बारे
गोपाल दाइको विशिष्ट सोच


 २०२४ साल पुस ६ गते सम्पादक गोपालदास श्रेष्ठले पत्रकारवर्ग र पत्रकारिताको क्षेत्रसम्बन्धी ‘‘मास कम्युनिकेशन सेमिनार तथा प्रशिक्षण समाचार पत्र व्यवस्थापन’’कार्यक्रममा प्रस्तुत गरिएको ‘वर्कि¨ पेपर’(कार्यपत्र)मा पत्रकारिताको परिभाषा बारेमा लेखिएको सुरु प्याराग्राफमा ‘मानव समाज र पत्रकारिता’का बारेमा अति नै उत्कृष्ट प्रस्तुति दिनु भएको अभिलेखमा पाइन्छ ।

त्यसका केही महत्वपूृर्ण अंशहरुमा अहिले पनि देशको पत्रकारिताको समग्र पक्षको प्रतिनिधित्व गर्ने खालका विषयबस्तुहरु समेटिएकाले यहाँ प्रस्तुत गर्न चाहे । गोपाल दास श्रेष्ठले त्यस बखत दी कमनरको सम्पादकको हैसियतले सेमिनारको ‘वर्कि¨ पेपर’’मा लेख्नु भएको र उठान गर्नु भएको विषयबस्तुहरु पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि पठनीय, सान्दर्भिक सामग्री हुने ठानेर ‘वर्कि¨ पेपर(कार्यपत्र)’’का महत्वपूृर्ण अंश प्रस्तुत गरेको छु–


१)  ‘‘मानव समाजको कुनै पनि पहलूको विकास सँधै समस्या र समाधानको कहानी रहेको छ, संघर्ष र समन्वयको कथा । र, पत्रकारिता अभिव्यक्ति र सञ्चारको त्यो क्षेत्र हो जहाँ यस प्रकारले स्वभावतः सँधै नै प्रवल प्रकटिकरणमा आउँदछ । पत्रकारिता एक सचेत, सजग सामाजिक कृया भएको हुनाले आफ्नो युगको मुटुको ढुकढुकी, त्यसको कथा, त्यसको वेदना, त्यसको उल्लास सबैसंग यो अभिन्न रूपले गाँसिएको हुन्छ । जमानाको घेराबाट त्यो कहिल्यै पर रहन सक्दैन ।’’
गोपाल दाइ लेख्नु हुन्छ,


२)  ‘‘यही त्यो महत्वपूर्ण कारण हो कि पत्रकारिताको विकासको स्तर सम्बन्धी समाजको विकासको स्तर अनुसार हुन्छ । जसरी एक अविकसित सामाजिक सन्दर्भमा विद्रोह या अधैर्यको प्रतिफलस्वरूप बाहेक एक पूर्ण विकसित समष्टिगत चेतनाको कल्पना गर्न सकिन्न, त्यस्तै कम विकसित सामाजिक ढाँचामा पूर्ण विकसित पत्रकारिताको अनुमान गर्न सकिन्न त्यस माथि, पत्रकारिता त आधुनिक युगको यान्त्रिक, भौतिक र मानसिक विकासको संयुक्त देन नै हो । संसारका सबभन्दा पुराना अखवार ३०० वर्ष पुराना छैनन्, र यदि आज हामी कैयौं विकसित देशहरूमा विशाल पत्रपत्रिकाहरुको संगठन देख्दछौं भने त्यो सय वर्ष पुरानो घट्ना पनि होइन ।’’


३)  ‘‘वास्तवमा पत्रपत्रिकाहरूले व्यवस्थित भाषिक र बौद्धिक संगठनको रूप लिन थालेको धेरै दशक भएको छैन, शताब्दीको त कुरै छाडौं उदाहरण स्वरूप, एक सय साठी वर्ष अघि संयुक्त राज्य अमेरिकामा एउटा पनि यस्तो अखवार थिएन जसको वितरण संख्या १००० भन्दा बढी थियो । धेरैजसोको वितरण संख्या ६०० प्रति भन्दा बढी थिएन । त्यसबेला समाचार पत्रको व्यवस्था जस्तो जटिल विषय माथि विस्तार–पूर्वक केही सोच्नसम्म पनि कष्ट पर्दथ्यो होला भन्ने कुराको कल्पना गर्नु समेत बहुलट्टी हुनेछ ।’’


५६ वर्ष अघिको पत्रकारिता बारे
 गोपाल दास श्रेष्ठ लेख्नु हुन्छ,


 ४)  ‘‘हामीलाई बिसौं शताद्वीमा बाँचेर यो स्वीकार गर्न लाज अवश्य लाग्ला, तर यो धेरै अंशमा सत्य कुरा हो कि व्यवस्थाको दृष्टिकोणबाट  हाम्रा समाचार पत्रहरु अमेरिकाको १६० वर्ष पुरानो स्थितिमा नै छन् । र, कहिले कहिले इतिहासको आकस्मिकताले गर्दा भनौ, घट्नाहरु समय र सन्दर्भले छुट्याइएको भएतापनि मिल्दाजुल्दा समेत देखिन्छन्, जस्तो कि पहिले पहिले वर्तमान विकसित देशहरुमा झैं नेपालमा पनि २००७ साल पछि स्वतन्त्र पत्रकारिता सर्वप्रथम एक साधारण मुद्रण गर्ने छापाखानाबाटै नै शुरु भयो । अरु मुद्रण गर्दागर्दै  त्यसै सिलसिलामा जोरगणेश छापाखानाले ‘‘आवाज’’ दैनिक प्रकाशित ग¥यो ।’’  ‘‘आवाज’’ दैनिकको प्रकाशन केही वर्ष पछि स्थगित भयो र, यसै बीच र त्यसपछि काठमाडौंबाट कैयौं अरु दैनिक पत्रिकाहरु प्रकाशित हुन थाले ।’’

 

५)  ‘‘मानिसहरूलाई यो सोच्न कठिनै पर्दथ्यो कि समाचार पत्र एक सुव्यवस्थित र भाषिक दृष्टिले स्वस्थ संस्था बन्न सक्दछ । यसै भ“ुवरीमा यो सोच्न पनि गाह्रो थियो कि समाचार पत्र समाजको प्रतिनिधित्व जरूर गर्दछ तर आफैं त्यो समाज होइन, कि यसको राजनीतिसंग सम्बन्ध हुन्छ तर यो त्यो राजनीति पनि होइन । कुनै पनि अवधिमा भएका घट्नाहरूलाई यसले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्दछ तर यो कुनै पनि घटनाको अङ्ग होइन, यो एक सुसंगठित व्यवस्थित अभिव्यक्तिको संस्था हो जसको आफ्नै अस्तित्व छ, र आफ्नै कर्तव्य र अधिकार ।’’


 ६)  वास्तवमा, स्वतन्त्र पत्रकारिता र स्वस्थ समाचारपत्रको अस्तित्व त्यसै बेला सम्भव छ जब तिनको व्यवस्था र आर्थिक आधार भरपर्दो हुन्छ । राम्रो सम्पादकीय, राम्रो समाचार र राम्रो लेख त्यसै–बेला अटूट रूपले जनतालाई दिन सकिन्छ जबकि तिनको पछाडि एक विकासशीलः व्यवस्था छ । र. समाचार पत्र एक दिनको काम होइन । तथापि हामीले यो स्वीकार गर्न लाज मान्नु हुँदैन कि अहिले पनि समाचारपत्रको सुव्यवस्थाको आवश्यकता प्रति हाम्रो ध्यान यथेष्ट गइसकेको छैन । अहिले पनि हाम्रा धेरैजसो समाचार पत्रहरुको एक व्यक्ति संगठन छन् । कैयाैं समाचार–पत्रहरूमा अझै एउटै व्यक्तिले प्रकाशक सम्पादक र व्यवस्थापकको काम पूरा गरिरहेका छन् । यो तिनी–हरुको दोष होइन, शायद यिनीहरू मध्ये धेरैले यस क्षेत्रमा ढिलो प्रवेश गरे । अझै आफ्नो जग बसाल्दै छन् । तथापि, यो भनु अत्युक्ति हुने छैन कि समाचारपत्रको ब्यावसायिक प्रौद्योगिक र व्यवस्थासम्बन्धी पहलूहरू प्रति हाम्रो ध्यान दिनप्रतिदिन बढ्दो मात्रामा जाँदो छ ।’’


 ७)  यसरी हाम्रा समाचार पत्रहरु संस्थाको दृष्टिबाट अझै साना र अविकसित छन् । तर, यो हाम्रो ठूलो सौभाग्य हो कि स्वतन्त्र पत्रकारिताको यस देशमा प्रादुर्भाव भएको यति सानो अवधिमा नै हामी बढ्दो मात्रामा सुसंगठित व्यवस्थाको आवश्यकताप्रति सचेत हुँदैछौं । यो चेतनाले अवश्य हाम्रो विकासलाई ठूलो मद्दत गर्दछ । निश्चय नै नेपालमा समाचारपत्रहरुको सम्मुख जुन विकासको बाटो खुल्दै आएको छ, त्यो अझै अत्यन्त कठिन छ । र, टाढाको क्षितिजमा अझै हाम्रो अल्पज्ञानको बादल छाएको छ । यसले गर्दा, अघिल्तिरको बाटो पनि स्पष्ट देखिन्न ।’’


२०८० मंसिर २१ गते, बुधबार

 

प्रतिकृया दिनुहोस