• शनिबार-बैशाख-२२-२०८१

सहानाको अधुरो अनुसन्धान, वाराणसीमा पुष्पलाल र मोदीजीको मङ्गलसूत्रका कुरा

फादर ऑफ कम्युनिस्ट आइडियोलजी अफ नेपाल' भनेर  परिचित नेपाली कम्युनिस्ट नेता कामरेड स्व.पुष्पलाल श्रेष्ठ र उहाँकी पत्नी कामरेड सहाना प्रधानलाई मैले पनि देखेको भेटेकाे छु ।  

ई.सं १९७७ देखि ८० को बीचमा काशी विद्यापीठ(उत्तर प्रदेश, वाराणसी) मा अनुसन्धान गर्दै हुनुहुन्थ्यो गुरुवर प्रो.चन्द्रबली सिंह(भारत का प्रगतिवादी साहित्यका हस्ती र भारतीय बामपन्थी आन्दोलनको एक ऐतिहासिक ब्यक्तित्व) ज्यूको निवासमा प्रायः आउने जाने गर्नुहुन्थ्यो । सन् १९७८ मा एकदिन गुरुवरलाई रूँदै गरेको देखेर गुरुआमासँग सोधेको त पुष्पलाल कामरेडको दिल्लीमा निधन भएको कुरा थाहा भयो ।

 

 कामरेड पुष्पलाल, उहाँकी पत्नी सहाना प्रधान र कामरेड बलरामसँग गुरुवर कहाँ कति पटक भेट भएको थियो । नेपालको कम्युनिस्ट पार्टीको विधानको मस्यौदा समेत गुरुवर कै समेत परामर्श तथा सहयोगबाट उहाँकै निवासमा भएको थियो भनेर पनि जानकारी भएको थियो ।

 

 सन् १९७९ मा एकदिन उहाँले आफूसँगै मलाई त्यस अघि नपुगेको गल्ली क्षेत्र 'दुध विनायक' तिर लैजानु भयो । सानो प्रवेशद्वार भएको ठुलो घरको दलानमा कामरेड सहाना प्रधान, कामरेड बलरामसँग काशी विद्यापीठका समाज शास्त्रका  प्रोफेसर रमेश चन्द त्रिपाठीज्यू पनि भेटिनु भयो ।

 

प्रोफेसर तिवारीज्यू मुख्यमन्त्री नारायण दत्त तिवारीज्यूको भाई हुन भनेर काशी विद्यापीठका सबैलाई जानकारी थिएन । प्रोफेसर तिवारीज्यूको पुष्प्लालज्यूसँग विशेष आत्मीय पारिवारिक सम्बन्ध थियो भनेर गुरुबरबाट जानकारी भयो ।

 

  कामरेड पुष्पलालज्यूको निधन पछि पनि लामो समयसम्म कामरेड सहाना र कामरेड बलराम बनारसमै रहनु भयो ।  गुरुवरले सहानाजीलाई अर्थशास्त्र विषयमा अनुसन्धानको लागि प्रेरित गर्नु भयो । र, उहाँलाई लिएर काशी विद्यापीठका कुलपति डा.दुधनाथ चतुर्वेदीसँग पनि भेट गराउनु भयो, उहाँबाट आश्वासन पाउनु भएपनि अनेक अपरिहार्य कारणले गर्दा अनुसन्धान पूरा गर्न सक्नु भएन । कुनै समय कामरेड सहानाको नाम नेपाल गणराज्यको  राष्ट्रपति पदको लागि चर्चामा थियो । अहिले उहाँहरु यस दुनियामा हुनुहुन्न ।  कामरेड पुष्पलाल र कामरेड सहाना प्रधानलाई सादर श्रद्धासुमन ! लाल सलाम !

  
 माथिका पङ्कतिहरु २४ अप्रिल ई.स.२०२ मा भारतका राजनीतिक शाश्त्रका पूर्व रिडर-जनवादी लेखक संघका पूर्व सचिव,लेखक डा.महेन्द्र प्रताप सिंहले आफ्नो सामाजिक सञ्जालको भित्तामा ‘वाया बनारस’ शीर्षक दिएर संस्मरण साझा गर्नु भएपछि मैले उहाँको अनुमति लिएर यो साभार प्रस्तुत गरेको हुँ।   

 

  हालै भारतमा ब्यापक प्रसारित “काँग्रेस अब काँग्रेस रहेन, नक्सलाईट भयो, बामपन्थीको कब्जामा गयो, माओबादी भयो” भन्ने सम्माननीय प्रम मोदीज्यूको चुनावी सम्बोधनको प्रसङ्गको चर्चा भै रहेको अवस्थामा राजनीति गर्न बीपी, पुष्पलाल, लिङ्कनले बीर सावरकरको जस्तो आफ्नो बचाउको लागि सम्झौता नगरी बरु सङ्घर्ष नै गरेका थिए ।


  देशको अस्तित्वको सवालमा त माओले समेत च्याङ्गकाईशेकसँग सम्झौता गर्नु परेको भनेर भनिन्छ । अर्थात् राजनीतिमा सम्माननीय प्रधानमन्त्री मोदीजीको जस्तो धार्मिक संस्कार बुझेका तर राजनीतिक संस्कार नहुँदा समेत राजनीतिको लागि सहज अनुकूलता न नेपालका न भारतका नै नेताहरुले पाए भन्ने सन्दर्भमा पुष्पलालका सस्मरणका पंक्तिहरु उल्लेख गरेको हो । अर्थात् जनता किन विद्रोहमा लागे भन्ने कुरालाई हल्कामा उडाउनु हुन्न भन्ने कुराले अहिले भारतमा बहस  उब्जेको छ ।  

 

  ई.सं २०२४ को लोकसभा निर्वाचनको सन्दर्भमा भारतीय काँग्रेसले जारी गरेको घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धता अनुसार यदि काँग्रेस गठबन्धनले बिजय प्राप्त गरेमा वितरणमा समानता ल्याउने-सम्पत्तिको वितरण गरेर निम्न वर्गसम्म पुर्याउने जस्ता सामाजिक न्याय र समाजवादी कार्यक्रम भएकोले-'अब तपाईंहरुको मङ्गलसूत्र पनि काँग्रेसले सुरक्षित हुन दिंदैन' समेत माथिका कुरा भनेर सम्माननीय प्रम मोदीज्यूले सम्बोधन गर्दा उहाँको उचाई घटेको भनेर बहस गर्न थालेको छ ।


   ई.सं २०१९ को आम निर्वाचनमा ' हामीले विजय प्राप्त गरेमा पाकिस्तानसँगपनि मिलेर काम गर्छौँ' भनेर राहुल गाँधीले भनेको कुरालाई भाजपाको साइबर सेनाले 'यदि काँग्रेस बिजय भएमा भारतलाई पाकिस्तानमा मिलाउने भनेर राहुलले भने' भन्ने हामीले सुनेको आफैले भनेर मतदाता गुमराह भए झैँ(मैले बि.सं.२०६३ को नागरिकता वितरण अभियानमा नेपालको नागरिक भएको ब्यक्तिलाई भोट कसलाई दिनुभयो त भनेर राखेको जिज्ञाशामा माथिको पाकिस्तानमा मिलाउने कुरा सहित भाजपालाई भोट दिएको कुरा नयाँ नेपाली नागरिकले भनेको ब्यहोरा विगतमा लेखहरुमा उल्लेख गरि सकेको छु) सम्माननीय प्रम मोदीज्यूले पनि माओवादी-बामको हौवा देखाएर मध्यमवर्गीय मतदातालाई अल्मल्याउन अति हल्का बोली बोलेको भन्ने टिप्पणी भएको थियो ।

 

  धार्मिक कार्यक्रममा भगवानको मूर्ति अघि ८० प्रतिशत नग्न नतर्कीलाई धार्मिक डिजेमा गेरू बस्त्रधारी आयोजकले भाडामा ल्याएर त्यही नतर्कीको चालमा कूम-कम्मर मर्काउने भक्तहरुमतदाता भएको भारतमा धर्मलाई चुनावी- राजनीतिको अस्त्र बनाएपछि 'ओ रामको ले आए हम मोदीजीको फिर ल्याएङ्गे' भन्दै भाजपाको ४०० सिट पुग्ने कुरामा दुई मत होला जस्तो लाग्दैन । तर बाम शब्द शक्तिशाली समाजवादी अस्त्र रहेछ-बीपी-महेन्द्र-पुष्पलाल र उत्तरार्द्धमा त राजा वीरेन्द्र पनि समाजवादी समर्थक हुनु भएको थियो रे भन्ने सुनिएको थियो । नेपाली जनताले बि.सं.२०५२ को बाम सरकार हेरे पछि बामहरुप्रतिको पुरानो आक्षेप भ्रम पो रहेछ भन्ने बुझेका थिए ।

 

  माथिका कुराहरु गर्दा नेपालका संसदवादी बामहरु पतन भै सकेर पनि कसरी आफूलाई कम्युनिष्टको आवरणले सजाऊन सकेका-काँग्रेसको विचारलाई पूर्णत त्याग गरेकाले कसरी काँग्रेस हुँ भन्न सकेका-काँग्रेस र बामहरुले छुट्ट्याएका भागमा रमाएका पुराना पञ्चहरुले कसरी काँग-बामको आलोचना गर्न सकेका भनेर फाल्चा-चिया पसल-चौतारी-धार्मिकस्थल जता गएपनि यस्तै निराशामात्र सुनिन्छ ।


 
  हुन पनि हो हिजोका खोलाहरु आज समुद्र भए,अन्याय-अत्याचार-विकृति- विसङ्गगतिको विरुद्ध मुठ्ठी उचालेका हामी मतदाताहरुले मतपत्रमा मुड्की बजाएर देशको सार्वभौमिकता अझ मजबूत पार्लान भनेर सत्तामा पठाएकाहरुले त उल्टै लम्पसारका अवतार हुँदै सार्वभौमिकता नै बेच्ने पो भए ! हामी चुप छौँ- "एक दिन जनतालाई सिर्फ नेताहरूका शब्दहरु र कर्तुतप्रति मात्र हैन बहुसंख्यक जनताको मौनताप्रति पनि धेरै पछुताउ पर्नेछ"(ब्रतोल्त ब्रेख्त), “जनताहरु विभाजित तथा तितरवितर हुनु नै स्वार्थी नेताहरूको शक्तिको श्रोत हो” (मन्नु भण्डारी, वरिष्ठ साहित्यकार,भारत) भन्ने बुझेर पनि । यस्तो लाग्छ कि हिटलरले-"जनतालाई यति मजाले निमोठी दिनुहोस् कि उनीहरु आफू ज्यूँदोसम्म हुन पाएकोलाई समेत विकास भएको ठानून् " भनेर ठिकै पो भने छन ।


 
  यति बेला महेन्द्रको पुरानो पञ्चायत-बीपीको नेपाल अनुकूलको समाजबाद र मार्क्स,एंगेल्सका दर्शनहरुको सम्झना हुन्छ । " प्राचीन साहित्यको कुनै प्रयोजन हुन्छ या हुँदैन ? यसको जवाफ त्यसदिन दिन उपयुक्त हुन्छ जुन दिन कसैले बेकारमा किन आफ्ना बाबु हजुरबा भएका होलान भनेर भन्दछ" भनेर भारतका चर्चित साहित्यकार प्रो. चन्द्रबली सिंहले भन्नु भएको कुरा पनि मम्झना हुन्छ ।

 

(बिम्ब श्रेय : पुष्पलाल पार्क किर्तिपुरस्थित पुष्पलालको प्रतिमा सामाजिक सञ्जालबाट,ई.सं २०२१ जुलाई १९ । मिन बज्राचार्यद्वारा लिईएको बि.सं २०४६ को प्रजातन्त्रको पुनर्स्थापनाको लागि  भएको जनआन्दोलन सफल भएपछिको छविचित्र विकिपिडिया ‘१९९० नेपलिज रिभोलेशन’ । बालकको मुठ्ठी उचालेको भारतीय सामाजिक सञ्जाल–सोसल मेडियाबाट ।  सवै पहुँच तथा प्राप्ति–अधोभार,२४,२५ अप्रिल ई.सं.२०२४ मार्फत गुगल इन्टरनेट नेपाली समय दिनको ३.२४ बजे ,बिहान ७.०७ मार्फत गुगल इन्टरनेट) ।

 

प्रतिकृया दिनुहोस