• बिहीबार-जेठ-२२-२०८२

थेबे–पुरी भिडन्तपछि एमालेमा ‘नयाँ समीकरण’

 

काठमाडौं । पोखरामा हालै सम्पन्न भएको एमालेनिकट युवा संघको महाधिवेशनमा रोचक दृश्य देखिए ।  एमालेको पार्टीभित्र  देखिएको दुुई धार भन्दा पनि व्यक्तिले पनि कसरी धार बनाउँछन् भन्ने खाले परिदृश्य  त्यो महाधिवेशनमा देखिएको थियो ।  नेताहरुले रातारात समूह परिवर्तन र नेताहरुलाई प्रभावित बनाउने काम भएको दृश्यले एमालेमा अहिले  पनि रोचक चर्चा हुन थालेको छ । एमाले  अध्यक्ष केपी ओलीले ग्रिन सिग्नल दिएका अध्ययक्षका उम्मेदवार थिए क्षितिज थेवे । ओलीको ग्रिनसिग्नल पाएपछि महासचिव शंकर  पोखरेल पनि त्यसैअनुसार परिचालित भए । अनि जवस मोर्चाका इञ्चार्ज भानुभक्त ढकालदेखि पूर्व अध्यक्षहरु महेश बस्नेत, राजिव  पहारी,  निरु  पालसहितको टोली पनि क्षितिजको पक्षमा उभिएका थिए । उनीहरुले  पोखरामा ठूलै  प्रयास गरेर सर्वसम्मतमा क्षितिजलाई निर्वाचित गराउन खोजेका थिए । त्यो संभव नभएपछि उनीहरु चुनावमा जान बाध्य भए । 


यो महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलको भूमिका भने कता थियो भन्ने प्रष्ट भएन । यद्यपि, पौडेलनिकट पूर्वमुख्यमन्त्री लीला गिरीका भाञ्जा नाता पर्ने सुमन पुरीको पक्षमा थियो भन्ने गरिएको थियो । तर, पोखरामा  भएको दृश्य हेर्दा फेरि अर्को देखिन्थ्यो । गण्डकी प्रदेशका विभिन्न जिल्ला अधिवेशनमा भएका चुनावहरु र अन्य गुट उपगुटमा ओली समूह  भर्सेस अन्य समूहमा  देखिने समीकरण युवा  संघमा  भने देखिएन । 


पार्टी र अन्य जनवर्गीय संगठनका जिल्ला अधिवेशनहरु गण्डकी खगराज अधिकारी भर्सेस पृथ्वीसुब्बा गुरुङ हुने गरेको थियो ।  अहिले पनि त्यो दृश्य भने देखियो । त्यसैकारण चुनाव हुन गएको हो भन्ने एमालेमा चर्चा छ । तर, पहिलाभन्दा भिन्न गुट बन्यो । पहिले ओलीको उम्मेदवारलाई अधिकारीले साथ दिने गरेका थिए । यो पटक ओलीको उम्मेदवारलाई साथ नदिएर अर्को समूहलाई अधिकारीले बोके । यो नै रोचक बनेको छ । अधिकारीले पुरीको समूह बोकेपछि गुरुङ समूह  भने क्षितिज  थेबेतिर लाग्यो । 


 अध्यक्ष क्षितिज थेबेको विकल्पमा अन्य ४ जनामध्येबाट एकजनालाई अध्यक्ष बनाउन खोजिएको थियो । तर, चार नेताहरु महाराज गुरुङ, सुमन पुरी, कृष्णहरि केसी र प्रकाश गौतमवीचमा सहमति भएन । महेश बस्नेतसहितको एउटा टीमले पार्वत गुरुङका भाञ्जा गुरुङलाई आगडि  सारेका थिए । अनि लुम्बिनी पूर्वमुख्यमन्त्री लीला गिरीका भाञ्जा सुमन पुरी अर्को कडा दाबेदार भएर निस्केका थिए । पुरीलाई अगाडि सार्न महासचिव शंकर पोखरेल तयार नभएको अवस्था थियो । गुरुङ  अध्यक्ष हुने अवस्था थिएन  । त्यस्तो  बेलामा आफूसँग निकट रहेका थेबेलाई नै अगाडि सार्न महासचिव पोखरेल तम्सिएको र अध्यक्ष केपी ओलीले पहिला नै ग्रिनसिग्नल दिइसकेका स्रोतहरुले उल्लेख गरेका छन् ।


पोखरा पुगेपछि पनि थेबेलाई नै सर्वसम्मत गराउन खोजिएको थियो । त्यसमा  काठमाडौंमा गए महेश बस्नेत, निरु पालदेखि  राजिव पहारीलाई अगाडि  सारेर  भानुभक्त ढकाल  पनि लागेका थिए । यो टीमलाई पोखराको पृथ्वीसुब्बा गुरुङको टीम पनि सक्रिय थियो  गुरुङको टीम थेबेतिर लागेपछि पोखराको अर्को टीम खगराज अधिकारीले भने पुरीलाई साथ दिएको थियो । पोखरामा चलेको चर्चा अनुसार गुरुङ र  अधिकारीको समूह सक्रिय नभएको भए चुनाव नहुन सक्थ्यो । 


 गण्डकी अधिकारी र गुरुङका  दुुईवटा समूह रहेका छन् । ती हरेक जिल्लामा पनि प्रतिस्पर्धा गरिरहेका छन्  ।  युवा संघको पर्वतको  जिल्ला अधिवेशनमा पनि यिनै दुुई समूहको प्रतिस्पर्धाले कुटाकुट भएको थियो । केही घाइतेसमेत भएका थिए । त्यसैले, अहिले पोखरामा युवा संघको महाधिवेशनमा चुनाव खासमा गुरुङ र अधिकारीको  भएको चर्चा भइरहेको छ । केन्द्रबाट भने सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिईएको थियो । 


 राजिव पहारीहरुको समूह  थेबेलाई जिताउन लागेका  बेलामा पदम गिरीसहितको अर्को समूह चाहिँ  पोखरामा पुरी  समूहमा लागेको थियो । कस्तो विडम्बना भयो पहारीसँग खासै कुरा  नमिल्ने गणेश तिमल्सिना  पनि थेबेलाई जिताउन लागे । यो विडम्बनापूर्ण समूह विभाजनले पोखरापछि एमालेमा भने चर्चाको विषय बनिरहेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ १९) 
 

प्रतिकृया दिनुहोस