• बुधबार-जेठ-२८-२०८२

वाईसीएल नेतृत्वमा जनार्दनलाई ठुलै धक्का !

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई विस्तारै किनाराकृत गरेका छन् । त्यसको पछिल्लो घटना भने वाईसीएलमा देखिएको छ । शर्माको समूहले हालै सकिएको वाईसीएल महाधिवेशनमा चुनाव लड्नेसम्मको तयारी गरेका थिए । अध्यक्ष वा महासचिवमध्ये एउटा पद आफ्नै समूहलाई चाहिने दावी शर्मा समूहको थियो । तर, शर्मा समूह वाईसीएलमा कमजोर थियो । त्यसैले प्रचण्डले दुवै पद दिन नसक्ने संकेत गरेका थिए । प्रचण्डकै जोडबलमा चुनाव हुन नदिने खेल पनि भएका थिए । शर्मा समूह  कमजोर भएपनि चुनाव लड्नेभन्दै अन्तिमसम्म प्रयास भने गरेका थिए । त्यसका लागि शर्माको समूहले महासचिवमा दावी गरेको थियो ।


प्रचण्ड समूहको मोर्चा भने रामप्रसाद सापकोटा  दीपशिखाले गरेका थिए । फिल्ड मोर्चामा दीपशिखाको उक्त प्रयासका कारण सर्वसम्मत नेतृत्व चयन गरिएको चर्चा पनि रहेको छ । प्रचण्डले चुनाव नगर्न र अध्यक्ष र महासचिव दुवै  पद  शर्मा समूहलाई नदिन पनि अडान राखेका थिए । सापकोटाले त्यही अडानका कारण शर्मा समूह ब्याक भएको हो । माओवादी नेताहरुका अनुसार, शर्मा समूहका कमाण्ड भने अनिल शर्माले गरेका थिए । जनार्दन शर्माका भाई अनिलको त्यो कमाण्डमा वाईसीएलमा अन्तिममा चुनाव नै लड्नेसम्मको तयारी थियो । तर, चुनाव हुँदा लज्जास्पद अवस्था आउने भएपछि शर्मा समूह उपाध्यक्षमा चित्त बुझाउन बाध्य भएको हो । उपाध्यक्षको वरीयतामा पनि निकै कमजोर भएको छ । माओवादी नेताहरुको भनाइमा शर्मा समूहले चौथो नम्बरको उपाध्यक्ष पाएको छ । 


 अन्तिममा महासचिवमा दावी गरेको शर्मा समूहले त्यसपछि वरिष्ठ उपाध्यक्ष खोजेको थियो । त्यो पनि नपाउने अवस्था आएपछि चौथो नम्बरको उपाध्यक्षमा चित्त बुझाएका छन् । शर्माको समूहबाट नवराज ऐरीलाई महसचिवका रुपमा अगाडि सारेका थिए । महासचिव नपाएपछि उनै ऐरीलाई उपाध्यक्ष बनाइएको छ । 


  विद्यार्थी संगठनपछि जनसंगठनमा शर्मालाई कमजोर बनाउने प्रचण्डको रणनीति भने सफल हुँदै गएको देखिन्छ । यसअघि प्रेस सेन्टरमा पनि अन्तिम समयमा चुनाव भएको थियो । त्यसमा शर्मा समूहको लज्जास्पद हार भएको थियो । शर्मा समूहमा लागेर पनि चुनावको अन्तिम समयमा केही पत्रकारले समूह छाडेका कारणले पनि समस्या भएको चर्चा गरिन्छ । त्यसपछि माओवादीको जवर्गीय संगठनमा जनार्दन निरुन्तर कमजोर देखिन थालेका छन् । विद्यार्थीमा भने अध्यक्षबाहेक अधिकांश पद शर्मा समूहले जितेको थियो । (साँघु साप्ताहिक, २०८२ जेठ २६) 
 

प्रतिकृया दिनुहोस