• सोमबार-असोज-१३-२०८२

 सामान्य प्रशासनकी महिला मन्त्री आउट !

  महिला सहसचिवहरुको टिम अब के होला ? 



काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मन्त्रालयको महत्वपूर्ण महाशाखाहरूमा तीनजना महिला सहसचिवलाई भित्र्याएर नयाँ ढंगले अगाडि बढ्ने सोच बनाएकी थिइन् । उनले २०८२ जेठ अन्तिम सातामा मन्त्रालयको नेतृत्व सम्हालेसँगै महाशाखा प्रमुख रहेका पुरूष सहसचिवहरुलाई हटाएर महिलाहरुलाई भित्र्याएर नयाँ जिम्मेवारी दिएकी थिइन् । मन्त्रालयमा रहेका ६ वटा महाशाखामध्ये ३ वटामा यतिखेर महिला सहसचिवहरूले जिम्मेवारी संहाल्दै आएका छन् ।

उनी पनि बागमती प्रदेशमा हाजिर हुन नगई मन्त्रीको रोजाईमा परेर मन्त्रालयको शक्तिशाली मानिने कर्मचारी प्रशासन महाशाखामा बाजी मार्न सफल भएकी थिइन् ।

हुन त ०८२ भदौ २७ गते शुक्रवारबाट मुलुकले नयाँ प्रधानमन्त्री पनि महिला नै पाएको छ । यद्यपि, सरकारले पूर्णता भने पाइसकेको छैन । कर्मचारी सरुवा र व्यस्थापनको जिम्मेवारी सो मन्त्रालयको रहेपनि सरुवामा घुसखोरी जस्ता धेरै नै विकृति र बेथितिका घटनाहरु बाहिर आउने गरेका थिए ।

अब आशा गरौं मन्त्रालयको नेतृत्वमा आउने नयाँअन्तरिम मन्त्रीले सुधार गरेर देखाउने हिम्मत गर्न सकुन् । निवर्तमान मन्त्री न्यौपानेले मन्त्रालयमा यसअघि नै दुई महिला सहसचिव भित्र्याएर नयाँ ढंगले संचालन गर्ने अठोट लिएकी थिइन् । 

त्यसका लागि उनले निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएर पनि हाजिर नै नभएकी सहसचिव निता पोखरेल अर्याललाई भित्र्याएर आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी थिइन् । तरपनि उनको सरूवा व्यवस्थापन निजामती सेवा नियमावली विपरीत भएको गुनासो कर्मचारीहरुले गर्दै आएका छन् । निजामती सेवा नियमावली, २०५० को नियम ३९ कुनैपनि निजामती कर्मचारी सरूवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुन जानु पर्नेछ ।


साथै, सरूवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरूवा गरिने छैन भनि उल्लेख गरिएको छ । तर, निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ भन्ने विषय पनि नियमावलीमा समेटिएको छ । तर, उक्त नियमावली विपरीत सहसचिव पोखरेललाई निवर्तमान सामान्य प्रशासन मन्त्रालय र मन्त्री न्यौपानेले विभागीय कारबाही गर्न छाडेर उल्टै पुरस्कृत गर्दै मन्त्रालयमा सरुवा गरिएको थियो । यसले गर्दा निवर्तमान मन्त्री न्यौपानेको सुशासनप्रतिको प्रतिवद्धता उल्टो दिशामा हिंडेको पुष्टि भइसकेको छ । 

 

यस्तो अवस्थामा वर्तमान अन्तरिम सरकार र सो मन्त्रालयको नेतृत्वमा आउने नयाँ मन्त्रीले यी र यस्ता विषयलाई कसरी लिने हुन् र ६ महिनामा कसतो सुधार गर्लान् मन्त्रालयका कार्यरत कर्मचारीहरु भने प्रतिक्षा गरेर बसिरहेका छन् ।

 

निवर्तमान मन्त्री न्यौपानेले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव दिवस आचार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतिर लखेटेर नयाँ महिला सहसचिव भित्र्याएकी थिइन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव पिताम्वर घिमिरेलाई सिंहदरवारभित्रै रहेको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयतिर खेदिएको छ । 

 

उक्त महाशाखाको जिम्मेवारी भने सहसचिव पार्वती शर्मा काफ्लेलाई दिइएको छ । जबकि, उनी अर्थ मन्त्रालयमातहतको आन्तरिक राजस्व विभाग अन्तर्गत मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखबाट बागमती प्रदेशको सचिवमा सरूवा भएकी थिइन । उनी पनि बागमती प्रदेशमा हाजिर हुन नगई मन्त्रीको रोजाईमा परेर मन्त्रालयको शक्तिशाली मानिने कर्मचारी प्रशासन महाशाखामा बाजी मार्न सफल भएकी थिइन् । जसले गर्दा यसअघि मन्त्रालयले विभिन्न स्थानीय तहमा खटाएका कर्मचारीले महाशाखा पार्वतीको सिको गर्दै खटाएको निकायमा हाजिर हुन नगएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

 

स्थानीय निकायका खटाइएका कर्मचारीलाई यही कारण उनीहरुलाई जवर्जस्ती हाजिर गराउन पनि उनीसँग नैतिक बल देखिँदैन । मन्त्रालयको प्रशासन सुधार महाशाखामा भने सहसचिव मिरा आचार्य कार्यरत रहेकी छिन । उनी सहसचिवमा बढुवा हुनु अघिदेखि सोही मन्त्रालयका रहेकी थिइन । यतिखेर भने सहसचिव पोखरेल, पार्वती शर्मालाईसमेत भित्र्याएर नया“ ढंगले मन्त्रालय हा“क्ने योजना निवर्तमान मन्त्री न्यौपानेको सोच रहेको थियो । तर, २०८२ भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनका कारण मुलुकको राजनीति दिशा नै बदलिएर नै नया“ मोडतर्फ अगाडि बढिसकेको छ । 

 

निवर्तमान मन्त्री न्यौपानेले सामान्य प्रशासनमा मन्त्रालयको सचिवमा पनि महिला नै भित्र्याउने शुरुसार अगाडि बढाएकी थिइन् । सोही समयमा जेन–जी आन्दोलनले सरकारको नेतृत्व नै परिवर्तन गरिदिएको छ । यतिखेर, सञ्चार तथा सूचना प्रविधि, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा महिलाहरु सचिवहरु नै रहेका छन् ।

 

राधिका अर्याल सञ्चार, लक्ष्मी कुमारी बस्नेत महिला र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा चन्द्रकला पौडेल रहेकी छिन । राधिका र चन्द्रकलामध्ये एकजनालाई सामान्य प्रशासन मन्त्रालयमा भित्र्याउने योजनामा रहेकी मन्त्री न्यौपाने सरकारको नेतृत्व नै परिवर्तन भएपछि सफल भने हुन सकिनन् ।
 

 

 

प्रतिकृया दिनुहोस