• शुक्रबार-बैशाख-१४-२०८१

राष्ट्रपतिका लागि कांग्रेसको ‘ढोक्सा’ ! : प्रचण्डले केपी र रविसँग पोखे आक्रोस 

 

काठमाडौं । आगामी दिनको नेपालको राजनीति निकै पेचिलो र रस्साकस्सीमा वित्ने देखिएको छ । हुनत, सुरुमै कमजोर शक्तिसहित बनेको भनेर अस्थिर सरकारको मनोदशाबाट प्रचण्ड सरकार गुज्रिरहेको छ । अभूतपूर्व विश्वासको मत प्राप्त गरेपनि अस्थिर मनोदशा बोकेको वाम सरकारको अवस्था भने निकै कमजोर देखिइसकेको छ । नयाँ काम गर्ने भनेर आएको रवि लामिछानेको पार्टीले पनि केही नयाँ काम गर्न नसकेको बरु उल्टै पुरानाभन्दा बद्नाम हुन थालेपछि २०७९ माघ २२ गते वाम सरकारबाट समेत बाहिरिएको छ । यो घटनाले संयुक्त वाम सरकार र राज्यसंयन्त्र अस्थिर, असन्तुलित र कमजोर देखिन थालेका हुन् । 


रविको लैबरी पारा
माओवादी केन्द्रको २०७९ माघ २१ गते शनिवार स्थायी कमिटीको बैठक बसेको थियो । यो बैठकले रवि लामिछानेको पार्टीलाई गृहमन्त्रालय दिने कि नदिने भन्ने निचोड निकाल्ले अनुमान गरिएको थियो । तर, त्यो बैठकमा लामिछानेको विषयमा कुनै छलफल भएन । लामिछानेको पार्टीले दिएको दुईदिने अल्टिमेटम २०७९ माघ २१ गते शनिवार नै सकिने भएकोले पनि यो अनुमान गरिएको थियो । तर, माओवादीले पुरानो अडानबाट केही तलमाथि नगरी स्थायी कमिटी बैठकमा छलफलसमेत गरेन ।

 

त्यही औडाहापछि लामिछानेले २०७९ माघ २१ गते शनिवार साँझ पार्टीको बैठक बोलाए । सरकारमा रहने वा नरहने भन्ने निर्णय गर्नेगरी डाकिएको त्यो बैठकले पनि केही निर्णय लिन सकेन । उल्टै लामिछानेको सरकार छोड्नुपर्छ भन्ने लाइन अल्पमतमा पर्ने  गरिएको थियो । त्यसैले, राति बैठक स्थगित गरेर लामिछाने २०७९ माघ २२ गते आईतवार विहानै ७ बजे प्रधानमन्त्री प्रचण्ड रोटी खाँदै गरेको समयमा अन्तिम भेटवार्ता गर्न बालुवाटार पुगेका थिए । 


  वालुुवाटारमा लामिछानेले आफ्नो कुरा राखेपछि प्रचण्डले गृह मन्त्रालय दिन नसक्ने बताएका थिए । प्रचण्डले लामिछोनलाई सिधा भाषामा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ दिइनसकेको, राहदानी विवाद कायम नै रहेको, गैरसांसदलाई मन्त्री बनाउन नसकिनेलगायतका फेहरिस्त सुनाएका थिए । गृह मन्त्रालय दिन नसक्ने त्यो फेहरिस्त सुनेपछि लामिछाने आफूसँग जनता रहेको भन्दै सरकारबाट बाहिरिने जवाफ दिएका थिए ।

 

कानूनी जवाफ केही दिन नसकेपछि जनता साथमा रहेको बाहेक थप जवाफ दिन नसकेका लामिछाने सरकार छोड्ने मनस्थितिसँगै वालुुवाटारबाट निस्केका थिए । प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङका लागि पार्टीको बैठकको समय सारेर माघ २२ गते विहान ११ बोलाएका थिए । त्यही कारण विहानै प्रचण्डलाई भेट्न पुगेका थिए । बालुवटारबाट प्रचण्डको जवाफले निराश भएर फर्केका लामिछाने पार्टीको २०७९ माघ २२ गते दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा निराश हुँदै सरकारबाट बाहिरिने पुगे  । 


प्रचण्ड रविसँग किन रुष्ट ? 
  प्रचण्ड रवि लामिछानेसँग सुरुदेखि नै रुष्ट थिए । प्रचण्डलाई चितवन–३ बाट  गोरखा २ मा लखेट्न खुुबै लागेका लामिछाने अन्तिमा चितवन २ मा उम्मेदवार भएका थिए । राप्रपाका नेता विक्रम पाण्डेसँग मिलेमतो गरेर रवि लामिछाने उम्मेदवार दिने दिन विहानमात्रै चितवन २ मा उठ्न पुगेका थिए । विवादित ठेकेदार पाण्डेसँग आर्थिक लेनदेन समेत भएको पनि चर्चा गरिन्छ । चितवनमा प्रचण्डविरुद्ध माहोल बनाउन लागेका लामिछानेले चितवन महानगरपालिकाकी मेयर रेणु दाहालको पनि उछित्तो काढ्ने गरेका थिए । 


 प्रचण्डका बाबु छोरीलाई जोडेर लामिछानेले निकै आलोचना गरेका थिए । त्यतिबेलादेखि नै रुष्ट प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको दवावमा लामिछाने गृहमन्त्री भएपछि थप स्ष्टण्टबाजीमा लागे । आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको राहदानी विभागमा अनुगमनमा गएका, प्रधानमन्त्रीसँग सल्लाह नगरी विशिष्ट व्यक्तिको घरमा गएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय, क्रसर उद्योग बन्द गर्ने निर्णय, सिडियो सरुवा, प्रहरी अधिकृतको सरुवामा पनि लामिछानेले प्रधानमन्त्रीसँग सामान्य छलफल समेत नगरेका कारण  प्रधामनन्त्री प्रचण्ड आफ्नै गृह मन्त्रीसँग झन रुष्ट भएका थिए । गृहमन्त्रालय दिन प्रचण्डले पटकपटक आनाकानी गरेका थिए ।

 

तर, केपी ओलीको दबाबमा प्रचण्डले गृहमन्त्रालय दिएका थिए । अहिले पनि प्रचण्ड भने गृह, अर्थ, परराष्ट्र र कानून मन्त्रालयबाहेकका अन्य मन्त्रालयमात्रै रविको पार्टीलाई दिने बताएका थिए । पछिल्ला दिनमा ओली पनि त्यही कुरामा सहमत देखिएको प्रचण्ड निकट स्रोत बताउछ । गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भनदै सो मन्त्रालय नपाएको झोंकमा संयुक्त सरकारबाट बाहिरिने निर्णय गरेका छन् ।  


 प्रचण्डले केपीलाई सोधे– 
रवि तपाईको पार्टी मान्छेको हो ?

केपी ओलीले पटकपटक रवि लामिछानेको वचाउमा लागेको र उसलाई जसरी पनि गृह मन्त्रालय दिनुपर्ने पक्षमा बोलेपछि प्रचण्ड पनि माघ २१ गते ओलीसँग कड्किएका स्रोत बताउछ । पछिल्लो भेटमा प्रचण्डले ओलीलाई ‘रवि लामिछानेको पक्षमा किन लागेको ? तपाईको पार्टीको मान्छे हो कि अरु कुनै कारण छ ? त्यो प्रष्ट पार्नुहोस्’ भनेर प्रचण्ड कड्किएको स्रोतको दावी छ । ओलीले प्रचण्डसँगको हरेक भेटमा रविको पक्ष लिने गरेका थिए । त्यहीकारण प्रचण्ड पनि त्यस्तो प्रश्न सोध्न बाध्य भएको स्रोत बताउछ । 


प्रचण्डको प्रश्न पछि भने एमाले अध्यक्ष ओली केही लचिलो भएको र प्रचण्डले माघ २२ गते आइतवार विहान गृहमन्त्रालय दिन नसक्ने बरु कसैले सरकार छोड्छ भने आफूले नरोक्ने जवाफ दिएको प्रधानमन्त्री निवास स्रोत बताउछ । रविको पार्टीले सरकार जोड्दा प्रचण्डलाई १९ सिटको अभाव हुन्छ । तर, त्यही बीचमा जसपा र एस जोडिदा २२ सिट थप हुनेछ । एमाले, ७७, माओवादी ३२, राप्रपा १२, सिके राउत ५ समेत १४८ सिट सरकारसँग सुरक्षित रहने कारण प्रचण्डले रवि लामिछानेको नेतृत्वको रास्वपा समर्थन फिर्ता लिएर बाहिरिए पनि केही चिन्ता छैन भन्दै आफ्नै अडानमा बस्ने गरेका छन् ।


कांग्रेसको ‘ढोक्सा’ ! 
 संयुक्त वाम सरकारमा समस्या खडा भएपछि कांग्रेस अहिले पनि हौसिएर ‘ढोक्सा’ थापेर हिंडेको छ । राष्ट्रपतिमा आफ्नो मान्छे ल्याउनेमात्र होइन, सरकारमा आउने सपनासहित प्रयास गरिरहेको स्रोत बताउछ । पाँच बर्षसम्म सत्ता बाहिर हुँदा आफू संकटमा पर्ने बुुझेर कांग्रेसले माओवादीलाई भड्काउने र फकाउने प्रयास गरिरहेको छ । कांग्रेसको एउटा पक्ष प्रचण्डलाई पाँच बर्ष नै प्रधानमन्त्री दिएर भएपनि राष्ट्रपति हात पार्ने र सत्तामा पनि जानुपर्ने पक्षमा खेलिरहेको छ । 


तर, शेरबहादुर देउवा त्यसमा सहमत देखिएका छैनन् । वामपन्थी समीकरण भत्काउन माओवादी नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र पम्फा भुसाल कांग्रेस नेताहरुसँग निरन्तर छलफल रहेको पनि बताइन्छ । कांग्रेसले थापेको ‘ढोक्सा’मा माओवादीलाई पार्न  वाह्यशक्तिहरुको लाइनमा सक्रिय रहेको स्रोत बताउछ ।
 

प्रतिकृया दिनुहोस