• सोमबार-बैशाख-१७-२०८१

सेनाको युनिट कल्याणकारी कोषको खरिदमा घोटाला 

 

श्रीमान् सम्पादकज्यू, साँघु साप्ताहिक
प्रबन्ध रथी विभागअन्तर्गत रहेको स्थपति निर्देशनालयको मातहतमा रहेको केन्द्रीय–एम.इ.एस.मा सकलदर्जाको रासन कटाएर जम्मा गरेको युनिट कल्याणकारी कोषको रकमबाट प्रत्येक जवानलाई तन्ना, तकिया, टिम्बा सिरक र टोपी खरिद गरि वितरण गर्ने कार्यमा पक्षपात गरिएको छ । 


यस केन्द्रीय शाखा कार्यालय प्रमुख धमेन्द्र कुमार झा र सि.सु.पदमलाल भण्डारीको मिलेमतोमा सामान किन्ने भनी सामानको दरसमेत नखुलाई आफू अनुकूलका केही व्यक्तिलाई लाइन राखेर सामान खरिद बोर्डमा दस्तखत गराई दरबन्दी व्यक्तिलाई मात्र सामान हाल्ने भनि रासनका एलआरसी नहुने हाकिमहरुलाई सामान दिने काम भएको छ । तर १० दसौं वर्ष (केन्द्रीय शाखा) मा एल.आर.सी. हुने अट्याजहरुलाई भने सामान दिइएको छैन । 


के हामी अट्याजको एल.आर.सी. भएपछि हाम्रो रासनबाट जम्मा भएको कोष होइन ?  दरबन्दीमा रहेकाले चाहिं रासन लैजाने, खाना पनि खाने, फेरि सामान पनि पाउने ? के नेपाली सेना जस्तो गरिमामय इतिहास बोकेको संस्थामा यस्तो अन्याय र पक्षपात हुन्छ र श्रीमान् ? पश्चिम पृतना दरबन्दी भई भर्खर सरुवा भई आएका प्रा.सु. राजेन्द्र अधिकारी, मध्य पश्चिम पृतना स्थपति सेवा बुटवल दरबन्दी भई भर्खर काजमा आएका प्रा.सु. श्रीराम खत्री, हेटांैडा पृतना स्थपति सेवाबाट भर्खर सरुवा भई आएका इन्जिनियर विभाग का. प्रा. सु. राजन गिरी जस्ताले उचालेको भरमा यत्रो १०औं वर्ष अगाडिदेखि जम्मा गरि राखेको युनिट कल्याणकारी कोषबाट सामान हाल्ने र मनोमानी वितरण गर्न मिल्छ श्रीमान् ?


सामान खरिदमा समेत प्रा.म.से धमेन्द्र कुमार झा र सि.सु.प. लाल भण्डारी, प्राजम केशर बहादुर बु.क्षे. यिनीहरुले जे भन्यो त्यही चल्ने गरेको छ । प्रा.सु. पदमलाल भण्डारी केन्द्रीय (एम.इ.एस) मा सरुवा भई कहिले आएका हुन् ? उनको योगदान के छ ? १० (दस) वर्ष तालिम टोलीलगायत हामी अट्याजको रासनको पैसा कटाएर जम्मा गर्ने अनि यिनीहरुको मोजमस्ती र मनोमानी मात्र चल्ने हो ?, नियमले के भन्छ ? यदि सामान सहि तरिकाले हाल्ने हो भने सबैले पाउनु पर्ने हो वा होइन ?

 

नेपाली सेना जहाँ भए पनि एउटै हैन श्रीमान् ? सामान हाल्ने समय भएपछि कार्यालय प्रमुख धमेन्द्र कुमार झा, प्रा.सु.(सि.सु) पदमलाल भण्डारी, प्रा.जम केशरबहादुर बु.क्षे., सेनानी सुरज कुमार श्रेष्ठ, प्रा.सु.राजेन्द्र कार्की, प्रा.सु. श्रीराम खत्री, प्रा.सु. राजन गिरीको मात्र मनोमानी चल्ने गरेको छ । सामानको नमूना देखाउनु पर्दैन ? यी सामान खरिद गरेको ठाउँमा छड्के गई बुझ्न लगाउँदा सबै छर्लंग हुन्छ । प्रत्येक सिरकमा ५००।–, तन्नामा ३००।– सिरानी र सिरानी खोल २००।– र टोपीमा रु.५०। हाम्रो अनुमानमा कमिसन लिई गुणस्तरहीन सामान खरिद गरेका छन् । 


सामान खरिद गर्नुपूर्व बोर्ड बस्नु पर्ने होइन ? बोर्डमा छलफल गरेर सबै सकलदर्जासँग कवाजमा राय लिएर बोर्ड राख्नु पर्ने होइन ? जवानको कल्याणकारी भनेपछि एलआरसी भएका सबै सकलदर्जाको राय बोर्डमा राख्ने कसले हो ? श्रीमान्, चार जनाले उचालेको भरमा लाइन लाइनमा लगी बोर्ड भन्ने केही पनि थाहा नभएका सकल दर्जा सिधासाधालाई दस्तखत गराएर सामान आफू अनुकूल कमिसन खाएर कार्यालय प्रमुख धमेन्द्र कुमार झा, प्रा.सु. पदम लाल भण्डारीको मनोमानी खरिद गरी जे गर्न पनि मिल्छ ? कार्य विधि निर्देशिका अनुसार अनुगमन समिति र खरिद समिति खडा गरि कोटेसनमार्फत सामान खरिद गर्नु पर्ने हो वा होइन ? बजार अनुगमन समितिको अध्यक्ष अधिकृत को हो ? सदस्यहरु को को हुन ? कुन कुन पसलमा गएर अनुगमन गरे ? सामानको कोटेसन दर रेट ल्याएकि ल्याएनन् ? त्यस पछि बोर्ड बसेको हो वा होइन ? खरिद समितिको अध्यक्ष अधिकृत को हो ? सदस्यहरु को को हुन ? सामान बजार अनुगमन गर्न अनुगमन समितिको टिम नै गएको हो वा होइन ? सामान खरिद गर्न बजारमा खरिद समितिको पुरै टिम गएको हो वा होइन ? यस्ता विषयमा व्यापक छानविन गरि कार्वाही गर्नुपर्ने होइन र प्रधानसेनापतिज्यू ?  


प्रधानसेनापतिज्यू, पटक पटक भ्रष्टाचार विवादमा मुछिएका बाटो काजदेखि भ्रष्टाचार गर्दै आएका कार्यालय प्रमुख प्रा. महासेनानी धमेन्द्र कुमार झाको कसरी विश्वास गर्ने ? सि.सु.पदमलाल भण्डारी अनेक बहाना बनाई श्रीमती बिरामी भनी केन्द्रीय एम.इ.एसमा सरुवा भई आएर सि.सु बुझेकाले हामी सकल दर्जालाई मान्छे नगन्ने, आफै बिल मात्र मिलाउने, बोर्डका सदस्यहरुलाई थर्काएर दस्तखत गर्न लगाउने काम गरेका छन् । भण्डारीकै पछि लाग्ने प्रा.जम केशर बहादुर बु.क्षे. कति भयो केन्द्रीय एम.इ.एस.मा सरुवा भई आएका ? यिनीहरुको मिलोमतोमा हामी सक्कल दर्जाहरुलाई सँधै थर्काइ मात्र खाने, यिनीहरुको चाकडी गर्नेलाई जे पनि गरिदिने, कस्तो हो यो हाम्रो पल्टनको नियत ? 


अर्का बुटवल पृतना स्थपति सेवामा दरवन्दी भई काजमा कार्यरत प्रा.सु. श्रीराम खत्री किन यिनीहरु बिना केन्द्रीय एम.इ.एस.चल्दैन र ? यिनीहरुको चाकडी गर्नेले मात्र स्थान पाउने हो र प्रधानसेनापतिज्यू ? अर्का पोखरा पृतना स्थपति सेवाबाट भर्खर मात्र केन्द्रीय (एम.इ.एस) मा सरुवा भई आएका प्रा.सु. राजेन्द्र कार्की र हेटौंडा पृतना स्थपति सेवाबाट सरुवा भई आएका प्रा.सु.राजनराज गिरीले सबै कुरा मलाई थाहा छ, नियम अनुरुप नै सामान हालेको भन्दै हामीसँग जंगिने गर्दछन् । 


पटकपटक रकमको कुरामा विवादमा आइसकेका प्रा.सु. राजन राज गिरी जस्तालाई सल्लाहकार राख्ने काम गरेर पल्टन सुध्रिन्छ त श्रीमान् ? प्रा.सु. राजन राज गिरीले मध्य पृतना हेटांैडामा रहँदा (हाल) अवकास प्राप्त म.से. कामेश्वर यादव कार्यालय प्रमुख र प्रा.सु. राजन राज गिरिले मध्य पृतना स्थपतिको नाममा रहेको जवान कल्याणकारीको रकम मनोमानी रुपमा झिकेर हिनामिना गरेका छन् । हामी हेटौंडा पृतनामा रहँदा प्रत्यक्ष देखेका भागेकाले भनेका हौं । यस्ता जवानलाई शोषण गर्नेहरु उपर सत्यतथ्य छानविन गरि कडा कारवाही गरियोस् ।    –पीडित : सकल दर्जा अट्याज, केन्द्रीय एम.ई.एस, परिवार (साँघु साप्ताहिक, २०८० पुस २३)

प्रतिकृया दिनुहोस