नेपालको सत्ता राजनीतिमा मोदी हलचल : सत्ता गठबन्धनप्रतिको भारतीय आशंका अब के होला ?
काठमाडौं । काठमाडौंको राजनीतिक वृत्तमा भइरहने विश्लेषण, तर्कवितर्क र भूराजनीतिक परिघटना भारतको चुनावअघिसम्म फरक थियो । भारतको लोकसभाको चुनावअघिसम्म नेपालमा भावी भारतीय भूमिकाको विषयमा चर्चा भइरहेका थिए । बौद्धिक वृत्त, राजनीतिक वृत्तमा भएका ती विश्लेषण र अनुमानका लागि फेरि समय खर्चिन पर्ने स्थिति आएको छ । काठमाडौंको एउटा ठूलो पंक्ति भारतीय जनता पार्टी (भाजपा) फेरि पनि बहुमत आउने र नरेन्द्र मोदी नै प्रधानमन्त्री हुनेमा विश्वस्त थियो ।
लोकसभामा भाजपा बहुमतमा त आएन तर मोदी सबैभन्दा ठुलो दल र गठबन्धन(२९२ सिट)को तर्फबाट तेस्रो पटक प्रधानमन्त्री भने भए । तर, मोदीसँग हिजोको जति पावर हात नहुने अवस्था बन्यो । भाजपाले बहुमत ल्याएन भाजपाको गठबन्धनले बहुमत ल्यायो । अघिल्लो चोटी भाजपा एक्लै बहुमतमा थियो । अघिल्लो चुनावमा ३०३ सीट ल्याउको भाजपा अहिले २४० सीटमा ओर्लियो । ५४३ सीटको लोकसभामा ४ सय सीट कटाउने सपना देखेको भाजपाका लागि यो नतिजा अनपेक्षित थियो ।
भारतीय सञ्चारमाध्यम, व्यापारी, बौद्धिकहरुको एउटा ठूलो पंक्ति भाजपाकै लाइनमा उभिएर तर्क गरिरहेका हुन्थे । यो नतिजापछि चाहिँ भारतमा मोदीले शासन गर्ने भन्दा पनि गठबन्धनले भारतको सत्ता चलाउने परिस्थिति निर्माण भएको विश्लेषण हुन थालेको छ । हिजो गठबन्धनलाई चलाउने मोदी अब गठबन्धनबाट चल्ने अवस्थामा ओर्लिएका छन् । त्यसले भारतीय भूमिकामा फेरबदल गर्नेछ । अन्तर्र्राष्ट्रिय सम्बन्ध, व्यापार मात्र होइन, अन्य धेरै भूमिकामा फेरबदल हुनेछ । हिजोझै फुक्काफाल भएर मोदीले आफ्नो योजना र रणनीति अपनाउन सक्ने अवस्था छैन । त्यसकारणले नेपालप्रतिको नजरमा पनि फरक पर्ने संभावना रहेको छ ।
लोकसभाको चुनावपछि नेपालको राजनीतिक परिवर्तनका संकेतहरुको विषयमा चर्चा हुने गरेको थियो । नेपालको संविधान संशोधनसम्मको विषय उठेको थियो । राजतन्त्र फर्काउने, हिन्दु राज्य स्थापना गर्ने ठूलो राजनीतिक परिघटनासँग अहिलेको वाम सत्ताको गठबन्धन नै भत्काउनेसम्मका खेलमा भारत लाग्ने अनुमान थियो । त्यसैले, धेरै भारतीय चुनावपछि एमाले र माओवादीको गठबन्धन भत्किने पनि भनिरहेका थिए । गठबन्धन नभत्किने हो भने पनि धार्मिक वा यस्तै आन्दोलन उठ्ने पनि चर्चा थियो ।
कमजोर शक्तिसहित सत्तामा रहने अवस्थाका मोदीको भूमिका यी विषयमा फेरि सक्रियतापूर्वक होला त ? भन्ने प्रश्न र आंकलन चाहिँ काठमाडौमा हुन थालेको छ । काठमाडौं मोदीका लागि अब जटिल हुने अनुमान पनि भइरहेको छ । कतिपयले भने काठमाडौंमा चीन र पश्चिममा उपस्थिति जति छ, भारतको त्योभन्दा धेरै छ । तर, त्यसको प्रभाव भने कमजोर हुँदै गएको भन्न थालेका छन् । त्यसैले, नेपालको राजनीतिमा भारतीय हस्तक्षेप कम हुने अवस्थामा सरकार स्थिर हुने संभावना पनि हुन्छ । त्यो बाटोमा नेपाल अगाडि जान सक्ने संभावना रहेको पनि बताइन्छ ।
सायद, त्यही राजनीतिक परिदृश्यको आंकलन गरेर नै प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड मोदीको शपथ ग्रहणमा सहभागी भएका हुन् । उनले मोदीसँग विश्वास आर्जन गर्न र भारतीय भूमिका आफ्नो अनुकूल बनाउने कुराको अवस्था सिर्जना गर्नका लागि अहिलेको भ्रमण प्रभावकारी बनाउन सक्छन् । त्यसो हुँदा विगतमा चर्चा गरेजस्तो भारतले अहिलेको गठबन्धन फेरबदलमा भूमिका खेल्दैन् ।
भारत जति अस्थिर र कमजोर बन्छ, त्यसले चीन र पश्चिमलाईमात्र होइन, छिमेकीलाई पनि फाइदा हुन्छ । भारत कमजोर हुँदा पाकिस्तान र बंगलादेशले शक्ति आर्जन गर्न सक्छन् । त्यसको अर्को प्रभाव पर्छ । त्यसैले, अबको भारतीय राजनीति र भूमिकाले प्रधानमन्त्री प्रचण्ड सरकारको भविष्य पनि निर्धारित हुने अनुमान भएको हो ।
मोदीले जसरी भारतमा आफूलाई देवत्वकरण गरेर चुनावी प्रचार गरेका थिए, त्यसबाट उनले पाठ सिके भने नेपालको राजनीतिमा भारतीय हस्तक्षेप कम हुनेछ । मोदी कमजोर हुनुमा मातृ संस्था आरएसएससँग दूरी बढ्नुलाई पनि मानिएको छ । भाजपा र आरएसएसको दूरी बढ्दो क्रममा रहेको भनिरहेका बेलामा आरएसएस नेपालमा निकै सक्रिय थियो । अब नेपालमा आरएसएस सक्रिय हुन्छ कि भाजपा भन्ने प्रश्न पनि छ ।
त्यसो त, भारतमै पनि अग्निपथप्रति नकारात्मक देखिएको विश्लेषण भइरहेको छ । जहाँबाट भारतीय सेनामा युवाहरु भर्ति हुन्थे त्यो क्षेत्रमा भाजपाले चुनाव हारेको छ । त्यसो हुनुको अर्थ भारतीय सेनामा सुरु गर्न खोजिएको अग्निपथप्रति प्रतिरोध हो भन्ने पनि गरिएको छ । नेपालमा पनि अग्निपथको विरोध भइरहेको छ । त्यसले नेपालमा भारतीय सेनामा हुने सैन्य भर्ति नै बन्द भएको छ ।
त्यसैले, मोदीको अबको शासनमा नेपालमाथि भारतीय भूमिका हिजोभन्दा फरक र शान्त प्रकृतिको हुने अनुमान भइरहेको छ । त्यसो भएमा नेपाल र भारतका केही महत्वपूर्ण विवादहरु सल्टिने संभावना पनि हुन्छ । ठूलो विवादहरु सल्टिने अवस्थामा सम्बन्ध पनि प्रगाढ बन्न मद्दत पुुग्ने छ अनि मोदीले सन् २०१४ पछि नेपाल आउँदाझै वाहीवाही कमाउने अवसर पनि पाउनेछन् । (साँघु साप्ताहिक, २०८१ जेठ २८)

प्रतिकृया दिनुहोस