एसईई नतिजाकै कारण जेनिसाले ज्यान फालिन
काठमाडौँ, १४असार । एसईईको नतिजा सोचेजस्तो नआएपछि दोलाखाकी एक छात्राले आत्महत्या गरेकी छन् ।
गौरी शकर गाउँपालिका-२, जुँगुका राम बहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले हिजो २०८१ असार १३ गते बेलुकी आफ्नै घरको दोस्रो तलामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
सोही वडाको निलकण्ठेश्वर माविबाट एसईई परिक्षा दिएकी उनले राम्रो नतिजा नआएपछि आत्महत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार घटना स्थलमा सुसाइट नोट समेत फेला परेको छ । उक्त नोटमा उनले आफ्नो बुबाआमालाई माफी मागेको बताइन्छ ।
उनको शव पोष्टमार्टमको लागि चरिकोट ल्याएर घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस