काठमाडौं । मुलुकभर साना–ठुलागरी ३३ वटा भन्सार कार्यालयहरू रहेका छन् । ती कार्यालयहरुबाट गत आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यभन्दा भन्दा करिब १७ प्रतिशत कम भन्सार राजस्व असुली भएको छ । जसमा कर्मचारी, आयात व्यापारी, कर्मचारी र भन्सार एजेन्ट महासंघमा आवद्ध एजेन्टहरूको मिलेमतो र सेटिङमा तस्करीकै कारण न्युनविजकीकरण, न्यून बिल घोषणाका कारण कम भन्सार महसुल असुली भएको अर्थ स्रोतको दावी छ । साथै, कर्मचारीकै मिलेमतोको कारण भ्याट, अन्तशुल्क र अन्य कर पनि लक्ष्यअनुसार संकलन नहुँदा अनियमितताको गन्ध आएको छ । यही कारण राजस्व लक्ष्यअनुसार करिब ९८ अर्व रूपैयाँ कम भन्सार शुल्क संकलन भएको छ ।
वर्तमान सरकार गठन पूर्व तत्कालीन सरकारले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसनिकट आफू अनुकूलका कर्मचारीहरूलाई विभिन्न भन्सार कार्यालयमा सरूवा गरी खटाइएको थियो । उनीहरूले आयात व्यापारी र भन्सार एजेन्टहरूसँग सेटिङ र मिलेमतो गरी करिब ५० प्रतिशत भन्सार राजस्व चुहावट गरेको आरोप लाग्ने गरेको छ ।
विगतमा भन्सार विभागको महानिर्देशक रहेका सहसचिव ढुण्डीप्रसाद निरौला, हरिशरण पुडासैनीले पनि आयात व्यापारीसँग साँठगाँठ गरी दुई खर्ब भन्दा बढी भन्सार राजस्व चुहावटमा सहयोग गरेको अनुमान भइरहेको छ ।
पछिल्लो समय भन्सार विभागको नेतृत्व युवा सहसचिव महेश भट्टराईले पाएसँगै राजस्व चुहावटमा केही मात्रामा नियन्त्रण भएर संकलनमा केही सुधार आएको बताइन्छ । तर, अझैपनि कतिपय भन्सार कार्यालयहरूमा कमाउ खेतीमा रमाउने बद्नाम कर्मचारीहरु कार्यरत रहँदा उनीहरूले ५० प्रतिशत भन्सार राजस्व चुहावट गराउदै आएको आशंका गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले कडा निगरानी गर्दै आएको भनिएतापनि तस्करहरुको सेटि¨को जालो तोडिएको छैन ।
किन भएन लक्ष्यअनुसार संकलन ?
अझैपनि अवैध चोरी पैठारीमा कमी भने आउन सकिरहेको छैन । उता, भन्सार नाकाबाटै न्युनबिजकीकरण, न्यून मूल्यांकन, धेरै बस्तुहरुको कम भन्सार बुझाएर व्यापक राजस्व चुहावट गर्दा कम भन्सार महसुल संकलन भएको आशंका हुँदै आएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भन्सार विभागले ४ खर्ब ८४ अर्ब ७ करोड ९ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत मात्र हो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा भन्सार विभागतर्फ राजस्व संकलनको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । तस्कर, भन्सार एजेन्ट र कर्मचारीहरुको सेटि¨का कारण अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा करिब ९८ अर्ब रूपैयाँ कम भन्सार महसुल उठेको छ ।
विभागले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को तुलनामा वार्षिक लक्ष्य कम राखेको थियो । २०८०÷८१ मा वार्षिक लक्ष्य ६ खर्ब २७ अर्ब ७५ करोड रूपैयाँ तोकिएको थियो । जसमा भन्सार राजस्व ४ खर्ब २४ अर्ब २४ करोड रूपैयाँ मात्र संकलन भएको थियो । जुन लक्ष्यको ६७.६ प्रतिशत मात्र रहेको बताइन्छ । त्यही भएर अर्थ मन्त्रालयले गतवर्ष अघिल्लो आर्थिक वर्षको लक्ष्य भन्दा निकै कम लक्ष्य तोकेको थियो । गत आर्थिक वर्षमा अघिल्ला आर्थिक वर्षको लक्ष्यको तुलनामा ४५ अर्ब रूपैयाँ कम लक्ष्य तोकिएको थियो । त्यसमा पनि लक्ष्यको तुलानामा ९८ अर्ब रूपैयाँ भन्सार महसुल उठन सकेको थिएन ।
तर, गत आर्थिक वर्षमा भन्सार लक्ष्य घटाउँदासमेत सोही अनुसार राजस्व संकलन हुनसकेको छैन । तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व वृद्धिदर भने १४.१ प्रतिशत रहेको छ । २०६३ पछिको करिब १५ वर्षसम्म राजस्व वृद्धि लक्ष्यभन्दा २०–२५ प्रतिशतले मात्रै बढ्दै भएको थियो । कोरोना महामारीपछि भने राजस्व वृद्धि दर स्वत घट्न थालेको छ ।
यसमा कोरोना महामारी, विश्वमा चलेको आर्थिक मन्दी, बजारमा माग कम, आयात र वस्तु उत्पादन कम हुँदा पनि न्यून हुन पुगेको र त्यसमाथि तस्करी धन्दा मौलाएको कारण राजश्व संकलन घट्दो रहेको छ । उनीहरुका अनुसार आर्थिक गतिविधिमा सुस्तता आउँदा राजस्व संकलनमा पनि कमी हुनु अस्वभाविक पनि होइन । तरपनि लक्ष्यको ६७.६ र ८३.०१ प्रतिशत मात्र उठ्नु भने गम्भीर विषय भएको अर्थविद्हरुको तर्क रहेको छ ।
राजश्व प्रशासनमा खैलाबैला
केही नभएपनि अघिल्लो वर्षको तुलनामा १५–२० प्रतिशत भन्सार महसुल राजस्व बढ्नु पर्ने स्रोतको भनाई रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा बस्तु आयात र रेमिट्यान्स रकम बढ्दा पनि भन्सार महसुल लक्ष्यअनुसार किन उठेन भन्ने प्रश्नले राजश्व प्रशासनमा भने खैलाबैला मच्चिएको छ । विभागका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ३४ अर्ब ६९ करोड, ३९ अर्व ५८ करोड संकलन भएको थियो ।
असोज महिनामा ३८ अर्ब ८१ करोड र कात्तिक महिनामा भने ३३ अर्ब ८८ करोड संकलन भएको छ । मंसिर महिनामा ३९ अर्ब ३३ करोड र पुसमा भने ४० अर्व २५ करोड संकलन भएको थियो । माघमा ३९ अर्ब ३८ करोड र फागुन महिनामा ३८ अर्ब ९९ करोड संकलन हुन पगेको छ । चैत्रमा ४१ अर्ब ९१ करोड र वैशाख महिनामा ४३ अर्व ९२ करोड संकलन भएको थियो । जेठमा ४९ अर्ब ६२ करोड र असार महिनामा ४३ अर्ब ७० करोड रूपैयाँ राजस्व संकलन भएको थियो । २०८३ जेठ महिनामा ५४ अर्ब ९७ करोड रूपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखिएकोमा ४९ अर्ब ६२ करोड संकलन भएको छ । जुन लक्ष्यको ९०.३ प्रतिशत हो । गत आर्थिक वर्षमा सबै भन्दा बढी भन्सार महसुल राजस्व उठेको जेठ महिनामा नै हो । यो महिनामा झण्डै आधा खर्ब भन्सार महसुल उठेको बताइन्छ ।
यही रेसियोमा सबै महिना राजस्व उठ्ने हो भने ६ खर्ब त सजिलै भन्सार महसुल उठनुपर्ने देखिन्छ । तर, यसरी भन्सार महसुल उठन सकिरहेको छैन । भन्सार महसुल उठाउने सिष्टममा कहीँ न कहीँ चुहावट भएको हुन सक्छ । गत आर्थिक वर्षमा सबैभन्दा कम कात्तिक महिनामा संकलन भएको छ । सो महिनामा ४६ अर्ब ३५ करोडको लक्ष्य राखिएको थियो । जसमा ७३.१ प्रतिशत अर्थात् ३३ अर्ब ८८ करोड रूपैयाँ मात्र भन्सार महसुल संकलन भएको बताइन्छ ।
ठूला भन्सार कार्यालयहरु पनि असफल
ठुला १२ वटा भन्सार कार्यालयहरूले पनि लक्ष्यअनुसार कसैले पनि भन्सार महसुल उठाउन सकेको देखिंदैन । मेची भन्सारलाई १७ अर्ब ३४ करोड ४६ लाख लक्ष्य तोकिएको थियो । जसमा १४ अर्ब ९४ करोड ४२ लाख असुल गरेको छ । विराटनगर भन्सार कार्यालयलाई ४१ अर्ब ५५ करोड १६ लाख लक्ष्य तोकिएको थियो । जसमा ३३ अर्ब ६२ करोड १ लाख मात्र संकलन गर्न सकेको छ । जलेश्वर भन्सारलाई ४ अर्ब ५३ करोड ६२ लाख लक्ष्य तोकिएकोमा उसले २ अर्ब ६९ करोड ७३ लाख आधा जसो मात्रै राजश्व संकलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड ६४ लाख, एक खर्ब, ७५ करोड नौ लाख ११ हजार मात्रै भनसार महसुल संकलन भएको र सुख्खा बन्दरगाह पर्सालाई ६० अर्ब ४ करोड ८७ लाख लक्ष्य तोकिएको थियो । जस्मा रु. ४९ अर्ब ८२ करोड ३७ लाख मात्र संकलन गर्न सकेको छ । भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख लक्ष्य तोकिएको थियो । जसमा ९५ अर्ब १९ करोड ३८ लाख रूपैयाँ असुल गरेको बताइएको छ ।
यसैगरी, कृष्णनगर भन्सार कार्यालयलाई ५ अर्ब ३२ करोड ५६ लाख लक्ष्य दिइएको थियो । जसमा ५ अर्ब २३ करोड २१ लख संकलन गर्न सकेको छ । नेपालगन्ज भन्सार कार्यालयलाई २७ अर्ब १८ करोड ३५ लाख लक्ष्य तोकिएकोमा २० अर्ब २८ करोड ७२ लाख मात्र संकलन गर्न सकेको छ । कैलाली भन्सार कार्यालयलाई ११ अर्ब १६ करोड २६ लाख लक्ष्य तोकिएको थियो । जसमा ८ अर्ब ६६ करोड १५ लाख संकलन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई २९ अर्ब ८१ करोड २३ लाख लक्ष्य तोकिएको थियो । जसमा उसले २२ अर्ब ३१ करोड ७८ लाख मात्र संकलन गर्न सकेको छ । तातोपानी भन्सार कार्यालयलाई २१ अर्ब ७३ करोड ५६ लाख लक्ष्य तोकिएको छ । जसमा १८ अर्ब ७६ करोड ३७ लाख संकलन गरेको थियो । रसुवा भन्सार कार्यालयलाई ३० अर्ब २० करोड ८७ लाख रूपैयाँ लक्ष्य तोकिएपनि ३० अर्ब १५ करोड १९ लाख ६४ हजार भन्सार महसुल राजस्व संकलन गरेको थियो ।
व्यापारीहरुसँगको मिलेमतो र न्यूनविजकीकरणका बावजुद पनि गत आर्थिक वर्ष भन्दा रसुवा भन्सार कार्यालय चाहिं अन्य भन्सार कार्यालयले भन्दा प्रगति गरेर लक्ष्य भन्दा करिब ६ करोड रूपैयाँ मात्र कम भन्सार महसुल संकलन गरेर करिब करि लक्ष्य पु¥याएको अवस्था छ । अरू सबै साना–ठुला भन्सार कार्यालयहरूले सेटि¨कै कारण लक्ष्यअनुसार भन्सार महसुल उठाउन सकेका छैनन् । यसरी लक्षभन्दा कम भन्सार महसुल संकलन हुनुमा कर्मचारी, सुरक्षाकर्मीहरुको कमजोरी भन्सार नाकाबाटै राजस्व चुहावट भएको विज्ञहरूले आशंका गरेका छन् । (साँघु साप्ताहिक, २०८२ साउन २६)
प्रतिकृया दिनुहोस