• आइतबार-बैशाख-२८-२०८२

तौल घटाउन उपयुक्त अदुवा

 

अदुवाको प्रयोग चियामा स्वाद बढाउनका साथसाथै रुघाखोकीबाट आराम पाउनका लागि समेत प्रयोग गरिन्छ । औषधीय गुण भएको अदुवामा एन्टीब्याक्टेरियाल तथा एन्टीअक्सिडेन्ट गुण रहेको हुन्छ, जसले शरीरका कयौं समस्याहरु भगाउन मद्दत गर्दछ । साथसाथै अदुवा शरीरको तौल घटाउनका लागि पनि उत्तिकै फाइदाजनक छ । 


अदुवा र पानी : पानीमा अदुवा हालेर उमाल्ने र १० मिनेट उमालेर उक्त पानी बिहान नास्ता गर्नुपूर्व वा बेलुका भोजन गर्नुपूर्व सेवन गर्दा तौल घटाउन फाइदाजनक हुन्छ । यसरी अदुवा पानी पिउँदा शरीरको मेटाबोलिज्म राम्रो हुने र शरीरमा जम्मा भएको बोसो घट्दै जाने हुन्छ ।


अदुवा र कागतीको प्रयोग : शरीरको तौल घटाउनका लागि पछिल्लो समय कागती, अदुवा र पानीको सेवन गर्ने गरिन्छ । उम्लिएको पानीमा अदुवा टुक्राटुक्रा पारेर हाल्ने र उमाल्ने र उम्लिरहेको पानीमा कागतीको रस र बिरेनुन हालेर सेवन गर्न सकिन्छ । यसलाई खाली पेटमा पिउनु उपयुक्त हुन्छ । 


अदुवा र ग्रिन टी : अदुवा र ग्रिन टीको सेवन तौल घटाउनका लागि सहायक हुने गर्दछ । ग्रिन टीमा क्याटेचिन र क्याफिन हुने गर्दछ, जसले सहजै तौल घटाउन भूमिका खेल्दछ । अदुवा र पानी उमाल्ने र पछि ग्रिन टी हालेर सेवन गर्न सकिन्छ । यसलाई बिहान नास्ता खाने समयमा सेवन गर्न सकिन्छ । 


यी उपाय अदुवाको सेवन गरेर शरीरको तौल घटाउन प्रभावकारी हुन्छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस