मिर्गौलाको पत्थरी हुनबाट यी चिजबाट जोगिऔं

स्वस्थ रहनका लागि उपयुक्त डाइट सेवन गर्न जरुरी हुन्छ । तर, मिर्गौला पत्थरीको समस्याबाट पीडित भएकाहरुका लागि बिऊयुक्त चिजहरुबाट बच्न जरुरी छ । जानौं केही यस्ता चिजहरु जसको सेवन मिर्गौला पत्थरीको अवस्थामा सकेसम्म नगर्दा नै उपयुक्त हुन्छ :
मासुजन्य भोजन : मासुजन्य भोजनमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले क्याल्सियमलाई पिसाबमार्फत बाहिर निकाल्दछ । यस्तो अवस्थामा क्याल्सियमको कमीले मिर्गौलाको पत्थरी बनाउने र बढाउने काम गर्दछ ।
भिटामिन सी र अक्सलेटयुक्त भोजन : जुन तरकारी तथा फलहरुमा भिटामिन सी र अक्सलेटको मात्रा बढी छ, त्यसबाट बच्न जरुरी छ । टमाटर, भान्टा, सोयाबिन, अमला, पालक, फर्सीजस्ता चिजहरुको सेवन मिर्गौला पत्थरीको अवस्थामा निकै कम गर्नुपर्दछ ।
डेरी उत्पादन : मिर्गौला पत्थरीको समस्यामा दुध तथा डेरी उत्पादनलाई टाढै राख्नु उपयुक्त हुन्छ । चकलेट तथा बदामजस्ता चिजहरुमा फोस्फोरको मात्रा बढी हुन्छ । यी चिजले पनि मिर्गौला पत्थरीलाई बढाउने खतरा हुन्छ ।
नून : मिर्गौलामा पत्थरीको समस्या छ भने नून कम खानु पर्दछ । नूनमा सोडियमको मात्रा बढी हुन्छ जसले मिर्गाैलाको पत्थरीलाई बनाउन प्रमुख भूमिका खेल्दछ ।
कोल्ड ड्रिंक्स : कोल्ड ड्रिंक्सको सेवन स्वास्थ्यका लागि खतरायुक्त हुन्छ । यसमा फोस्फोरिक एसिड हुने गर्दछ, जसले पत्थरीको खतरालाई अझै बढाउने गर्दछ ।
क्याफिन : मिर्गौला पत्थरी भएको अवस्थामा प्रशस्त पानी पिउनुपर्दछ । तर क्याफिनजन्य चिया तथा कफीबाट भने बच्नुपर्दछ । यसले शरीरमा डिहाइडेशनको खतरा बढाउँदछ । (एजेन्सी)
प्रतिकृया दिनुहोस