काठमाडौं । ०८२ जेठ ६ गते गृह सचिव गोकर्णमणि दुवाडी अध्यक्ष रहेको नेपाल प्रहरीको एआईजी बढुवा समितिले एक रिक्त एआईजी पदमा नमस्ते टोलीलाई बढुवा गर्ने निर्णय गरेको थियो । समितिले रौतहट र ललितपुर जिल्लाको प्रहरी प्रमुख हुँदा विवादमा तानिएका विशेष व्युरोका प्रमुख डीआईजी सिद्धि बिक्रम शाहलाई बढुवा गर्ने सिफारिस गरेसँगै राजनीतिक रुपमा चलखेल भएको आशंका गरिएको छ । हुन त शाह हालको डीआईजीहरुमध्ये सबैभन्दा वरिष्ठ नै मानिन्छन् । तर, यसपटक एआईजीमा बढुवा मधेस प्रदेशमा कार्यरत डीआईजी उमाप्रसाद चतुर्वेदी र सुदूरपश्चिम प्रदेशका डम्बर बहादुर विकको बिचमा कडा प्रतिस्पर्धामा हुने अनुमान गरिएको थियो ।
२०८२ जेठ ६ गते नै बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा रिक्त रहेको ११ डीआईजी पदमा बढुवा गर्दा पनि निश्पक्ष भूमिका खेल्न नसकेको आरोप खेप्नु परेको छ । समिति अध्यक्ष रहेका दुवाडी नेतृत्वले लागु औषध व्युरोका एसएसपी सुदर्शन प्रसाद कोइरालालाई बढुवाका लागि सिफारिस गरेको छ ।
यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे, मानव बेचबिखन नियन्त्रण व्युरोका प्रमुख दीपेन्द्र घर्ती क्षेत्री जिसी पनि बढुवा सिफारिसमा परेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवाका प्रमुख दीपक रेग्मी, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख माधव प्रसाद श्रेष्ठ, प्रदेश कार्यालय महेन्द्रनगरका प्रमुख दिलीप सिंह देउवा पनि यो बढुवा सिफारिसमा परेका छन् ।
त्यसैगरी, प्रदेश कार्यालय सुर्खेतका प्रमुख दीपक कुमार बस्नेत, अख्तियार सुरक्षा महाशाखाका प्रमुख ओम बहादुर राना, प्रदेश कार्यालय धरानका प्रमुख जयराम सापकोटा, नेपाली दुतावास नयाँ दिल्लीका काउन्सिलर संन्जिव शर्मा दास र प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रमुख सुरेन्द्र बहादुर गुरूङलाई समितिले बढुवा सिफारिस गरेको थियो । बढुवा सिफारिस समितिले गरेको निर्णयबिरुद्ध नेपाल प्रहरीभित्र विभेद र अन्याय भयो भनेर हिजो २०८२ जेठ ११ गते आइतवारसम्म कुनै पनि उजुरी नपरेको स्रोतले जानकारी दिएको छ ।
तर, संगठन बाहिरबाट भने एसएसपी रेग्मीविरूद्ध सामाजिक अभियान्ता युवराज सफलले विरोध गरेका छनु । एसएसपी रेग्मीले अर्काकी श्रमतीलाई अनैतिक सम्बन्ध राखेर बद्नाम भएको भन्दै गृह मन्त्रालयमा उजुरी दर्ता गराएको बताइन्छ ।
आईजीपी दीपक थापाले यस पटक वरिष्ठ एसएसपीबाट नै डीआईजीमा बढुवा सिफारिस गरेको चर्चा संगठनभित्र चल्दै आएको छ । तरपनि कार्यसम्पादनमा उत्कृष्ट रहेका कतिपय एसएसपीहरु डीआईजीमा बढुवामा नपरेर विावदमा मुछिए परेको गुनासाहरु बाहिर आएका छन् । जसले गर्दा केही असक्षम र विवादास्पदहरू बढुवामा परेको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको बताइन्छ ।
शान्ति सुरक्षा, नागरिक केन्द्रित सेवा प्रवाह, समन्वय तथा सहकार्य नै प्रहरीको प्रमुख कर्तव्य मान्निछ । साथै, व्यावसायिक कार्यशैली, आन्तरिक शुद्धीकरण संगठनप्रति बफादार, उत्तरदायी तथा जबा(फदेही प्रहरी सेवा संगठनको प्राथमिकता मानिन्छ । यी सवालमा एकरत्ति पनि सम्झौता नहुने गरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई व्यावसायिक निष्ठाका साथ सम्पादन गर्नुपर्ने संगठनको उपादेयता पनि हो । तर, भरखरै बढुवा सिफारिसमा परेका एसएसपी र डीआईजीपी यो विषयमा गृह मन्त्रालय धेरै चुकेको आरोप लाग्ने गरेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ १२)
प्रतिकृया दिनुहोस